नागरिक विकास साकोसले ब्याजमा १० प्रतिशत छुट दिने 

नागरिक विकास साकोसले ब्याजमा १० प्रतिशत छुट दिने  :: Sahakari Akhabar

भक्तपुर । नागरिक विकास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष छुट सुविधा दिने भएको छ ।

संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिन लागेको हो।

संस्थाले सूचना प्रकाशन गरी असार मसान्त सम्ममा तिर्नु पर्ने साँवा र ब्याज नियमित भुक्तानी गर्ने सदस्यलाई बैशाख १६ देखि ३१ गते सम्मको ब्याजमा १० प्रतिशत छुट दिने जनाएको छ ।

ब्याज मात्र भुक्तानी गरेमा बाँकी ब्याजको ७ प्रतिशत छुट दिने जनाएको छ । त्यसैगरी ऋण रकम अनियमित किस्ता भुक्तानी गरेमा ५ प्रतिशत र भाका नाघेको ऋण चुक्ता गर्न आएमा कुनै प्रकारको हर्जाना र बिलम्व शुल्क नलाग्ने संस्थाले जनाएको छ ।

त्यसैगरी भाका नागेको ऋणीहरुलाई असार मसान्त भित्र नविकरण गर्न आएमा नविकरणमा समझदारी गरिने र नविकरणकालागि सहजीकरण गरिदिने जनाइएको छ ।



Leave a comment