सीतापाईला बहुउद्देश्यीय सहकारीको २४सै घण्टा डिजिटल सेवा 

सीतापाईला बहुउद्देश्यीय सहकारीको २४सै घण्टा डिजिटल सेवा  :: Sahakari Akhabar

काठमाडौं । सीतापाईमा रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरेको डिजिटल बैकिङ कारोबार गर्न सदस्यलाई अनुरोध गरेको छ ।

संस्थाले संचालन गरेको मोबाइल बैकिङ, एटिएम र क्युआर कोर्ड मार्फत २४सै घण्टा डिजिटल कारोबार गर्न आग्रह गरेको हो । साथै संस्थाले साताको दुई दिन बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

संस्थाको केन्द्रिय कार्यालय तथा सदस्य सुबिधा केन्द्रमार्फत उक्त समयमा सेवा लिन आग्रह गरेको छ । संस्थाले प्रत्येक हप्ताको आईतबार र बिहिबार कार्यलय मार्फत कारोबार भएपनि हरेक दिन सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सकिने जनाएको छ ।

उपत्यकामा लगाइएको निषेधाज्ञाको समयाबधी लम्ब्याइएको र केही खुकुलो पार्दै सरकारले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा जारी गरेको छ । यससंगै असारको पहिलो सातासम्म निषेधाज्ञा लम्बिएको हो ।

सरकारले निषेधाज्ञाको समयामा बैंक वित्तिय संस्था तथा सहकारीलाई समय तोकेर सेवा दिन सकिने ब्यवस्था गरेसंगै सहकारीलाई आइतबार र बिहिबार मात्र कार्यलय खोल्न निर्देशन जारी गरेको छ ।



Leave a comment