वुडोल सामुदायिक साकोसले ब्याजमा १० प्रतिशत छुट दिने 

वुडोल सामुदायिक साकोसले ब्याजमा १० प्रतिशत छुट दिने  :: Sahakari Akhabar

काभ्रे । वुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष सहुलियत तथा छुट सुविधा दिने भएको छ ।

संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिन लागेको हो 

संस्थाले सूचना प्रकाशन गरी ब्याजमा १० प्रतिशत छुट दिने र हर्जाना नलाग्ने जनाएको छ । सूचनामा जेठ असारको ब्याज, असार २५ गतेसम्म भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने उल्लेख छ ।

त्यसैगरी जेठ अगाडीको ब्याज असार २५ गतेसम्म बुझाएमा हर्जाना नलाग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत बिवेक राज ठकुरीले जनाएका छन् ।



Leave a comment