काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले कोभिड–१९ प्रभावित सदस्यका लागि विशेष सहुलियत तथा छुट सुविधा दिने भएको छ ।
संस्थाले कोरोना भाईरस महामारीको दोस्रो लहरबाट प्रभावित सदस्यलाई लक्षित गरी ब्याज तथा हर्जानामा छुट सुविधा दिन लागेको हो
संस्थाले बैशाख १६ गतेदेखि असार मसान्त सम्म बुझाउनु पर्ने ऋणको ब्याजमा १० प्रतिशत छुट र सो अबधिको सम्पूर्ण हर्जाना मिनाह गर्ने जनाएको छ ।
संस्थाले असार मसान्त भित्र ऋणी सदस्यले ब्याज तथा किस्ता बुझाएर सुविधा उपयोग गर्न आग्रह गरेको छ ।
Leave a comment