राष्ट्रिय सहकारी महासङ्घ, सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) लगायतका निकायले परिपत्र जारी गरेर झारो टार्ने काम गरेका छन् । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निषेधाज्ञाका क्रममा बचत फिर्ता लैजाने क्रम बढेको बताए । ‘बचत लैजाने प्रेसर छ, ’उनले भने, ‘डिमान्ड पहिले देखिनै भएकै छ ।
काठमाडौँ । विश्वव्यापीकरण फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको त्रासमा मुलुक बन्दाबन्दी (लकडाउन) मा छ । सरकारले काठमाडौँ उपत्यकालगायत धेरै जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरेको छ । सरकारले वैशाख १६ गतेदेखि २२ गते सम्मकालागि उपत्यकामा निशेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाका क्रममा अत्यावश्यक वस्तु तथा सेवा सुचारु गर्न सरकारको निर्देशन छ । बैंंक वित्तीय संस्था, बिमा लगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारले छुट दिए पनि सहकारीको सेवालाई सरकारले बेवास्ता गरेको छ ।
सहकारी क्षेत्रका अभिभावक निकायको कमजोर पहलका कारण सहकारीहरू सदस्यलाई सेवा दिनबाट वञ्चित भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले बन्दाबन्दीको समयमा सहकारीको सेवा सञ्चालन गर्ने विषयमा प्रस्ट निर्देशन नदिए पनि प्रारम्भिक सहकारीहरू जोखिम मोलेरै भए पनि सेवा दिइरहेको पाइएको छ । सहकारीले सीमित कर्मचारीमा आलोपालो गरेर साथै समय सीमा तोकेरै भए पनि सेवा दिइरहेका छन् ।
उपत्यकाका जिल्ला प्रशासनको संयुक्त निर्देशनमा ‘बैङ्क तथा वित्तीय संस्था एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रको आधारमा आवत जावत गर्न दिने’ उल्लेख गरेको थियो ।
प्रशासनको निर्देशनको सहकारीकर्मीले विरोध गरे पनि सहकारीका माउ निकायले प्रशासनसङ समन्वय कालागि पहल गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत निर्देशन दिने मात्र काम गरेको सहकारकर्मीको आरोप छ । अभिभावक निकायको कमजोर नेतृत्वका कारण दुख पाएको सहकारकर्मीले गुनासो गरेका छन् ।
प्रशासनको निर्देशन पछि ललितपुर बचत संघलगायतले प्रमुख जिल्ला अधिकारीसङ भेटेर सहकारीको समस्या बताएपछि परिचय पत्रको आधारमा कर्मचारीलाई जान दिने मौखि सहमति भएको जिल्ला बचत सङ्घ ललितपुरका अध्यक्ष रामहरि बजगाईँले बताए । उनले भने ‘हामीले जिल्लाका सहकारी संस्थाले सदस्यलाई सेवा दिने वातावरण बनाई दिनुस् भन्दा मौखिक सहमति भएको हो । केन्द्रीय सङ्घ र महासङ्घको भूमिका कमजोर भयो राम्रोसँग पहल भएन । पहल गरे सहकारीलाई सेवा दिन समस्या हुने थिएन ।’
सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी रहेका छन् । सहकारीका सञ्चालक तथा कर्मचारी सबै बजारमा निस्कनु सम्भव छैन । तर पनि कोभिड महामारीको समयमा सहकारीले सदस्यलाई प्राथमिकता राखेर सेवा दिइरहेको बताएका छन् । अत्यावश्यक परेमा सदस्यले सम्बन्धित व्यक्तिलाई फोन गर्छन् । र समय तोकेर कार्यालयमा आइ सेवा दिइरहेका छन् । पछिल्लो समयमा निषेधाज्ञाका समयमा सदस्यहरू सेवाका लागि सहकारीको कार्यालयमा पुगेका छैनन् ।
जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले सीमित कर्मचारीबाट काठमाडौँका सहकारीले सेवा दिइरहेको बताए । ‘परिचय पत्र देखाएर सहकारीकर्मीले सेवा दिइरहेका छन्’, उनले भने, ‘गत वर्ष जस्तो सेवा प्रवाहमा समस्या आएको छैन ।’ तर कोभिड गत वर्षको तुलना यसपटक बढी जोखिमयुक्त देखिएकाले सचेत रहन सबै सहकारीकर्मीलाई अध्यक्ष तामाङ सुझाउँछन् । काठमाडौँका सहकारीले एक दुई जना सम्पर्क व्यक्ति तोकेर सेवा दिइरहेको उनले बताए ।
जिल्ला सङ्घले सहकारी सञ्चालनमा सहजता ल्याउन निरीक्षण समेत गरेको थियो । ‘परिचयपत्र भएका सहकारीकर्मीलाई सामान्य सोधपुछ पछि गन्तव्य स्थलमा जान दिइएको छ’ उनले भने । सहकारीले खास गरी घर खर्च चलाउन अत्यन्त समस्या परेकालाई विशेष प्राथमिकता दिइरहेका छन् । निक्षेप फिर्ताका लागि आउने सदस्यलाइ सेवा दिइरहेको सहकारीकर्मीहरु बताउँछन् । सहकारीकर्मी बचत सङ्कलनका लागि बजार भने गएका छैनन् ।
अधिकांश सहकारीले समय र सम्पर्क व्यक्ति तोकेर सेवा दिइरहेका छन् । बिहानदेखि बेलुकासम्मको कुनै समयावधि तोकेर सहकारीले अत्यावश्यक सेवा दिइरहेका छन् । ललितपुरका सहकारीकर्मी सुरेश दालीले सेवा प्रवाहमा कुनै समस्या नआएको बताए । केही सीमित व्यक्तिबाट समय तोकेर सेवा दिइरहेको उनले बताए ।
धापासी बहुउद्देश्यीय सहकारी संस्थाले समय तोकेर १० बजेदेखि २ बजेसम्म सेवा दिइरहेको छ । संस्थाका प्रमुख सुदर्शन थापा भन्छन्, ‘आउने कोही होइनन्, पुराना पेन्डिङ काम गरिरहेका छौं ।’कीर्तिपुर बहुउद्देश्यीय सहकारीका प्रबन्धक पूर्ण महर्जनले १० बजेदेखि १ बजेसम्म कार्यालय खोलेर सदस्यलाई सेवा दिइरहेको बताए ।
अर्का सहकारीकर्मी बलराम डङ्गोलले बिहान १० बजेदेखि ३ बजेसम्म सेवा कार्यालय सञ्चालन गरी सेवा दिइरहेको बताए । साढे १० बजेदेखि २ बजेसम्म काउन्टर समय राखिए पनि सदस्यको आउजाउ नभएको उनले बताए । यी त प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश सहकारीले कोभिडको जोखिम मोल्दै सदस्यलाई सेवा दिइरहेका छन् । सीमित जनशक्तिबाट आंशिक सेवा दिइरहेपनि धेरैजसो सदस्य सेवा लिन गइरहेका छैनन् ।
बिषेशगरी काठमाडौँका सहकारीहरुलाइ सेवा दिन समस्या रहेको छ । प्रशासनले सहकारीलाई नचिन्दा सहकारीका कर्मचारीले कार्यालय खोलेर सेवा दिन समस्या भएको उनीहरूको भनाई छ । देशभर ३० हजार सहकारी छन् । सहकारीमार्फत १० खर्बको कारोबार भएको छ । सहकारीमा ७३ लाख आबद्ध छन् ।
सहकारीमा ८८ हजार भन्दा बढी कर्मचारी रहेका छन् । सहकारीका सञ्चालक तथा कर्मचारी सबै बजारमा निस्कनु सम्भव छैन । तर पनि कोभिड महामारीको समयमा सहकारीले सदस्यलाई प्राथमिकता राखेर सेवा दिइरहेको बताएका छन् । अत्यावश्यक परेमा सदस्यले सम्बन्धित व्यक्तिलाई फोन गर्छन् । र समय तोकेर कार्यालयमा आइ सेवा दिइरहेका छन् । पछिल्लो समयमा निषेधाज्ञाका समयमा सदस्यहरू सेवाका लागि सहकारीको कार्यालयमा पुगेका छैनन् ।
राष्ट्रिय सहकारी महासङ्घ, सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) लगायतका निकायले परिपत्र जारी गरेर झारो टार्ने काम गरेका छन् । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निषेधाज्ञाका क्रममा बचत फिर्ता लैजाने क्रम बढेको बताए । ‘बचत लैजाने प्रेसर छ, ’उनले भने, ‘डिमान्ड पहिले देखिनै भएकै छ ।
नेफ्स्कूनले आधाभन्दा कम जनशक्तिबाट सेवा दिइरहेको उनले बताए । सहकारीले परिचय पत्र देखाएर आफ्नो अनुकूलतामा सेवा दिइरहेका छन् । फिल्ड कार्यालय तथा प्रदेश सञ्चालकबाट त्यहाँको अवस्था हेरी जोखिम न्यूनीकरण गरी सदस्यलाई सेवा प्रवाह गर्न समन्वय गरिरहेको उनले बताए ।
राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक सरिता भट्टराई तिम्सिनाले कोभिडको जोखिमबाट सुरक्षा अपनाएर भक्तपुरका सहकारीले सेवा प्रवाह गरिरहेको बताइन् । निषेधाज्ञाका क्रममा सहकारीले वस्तु तथा सेवा बिक्री वितरणमा नरोकेको उनले बताइन् । ‘सुरक्षा मापदण्ड अपनाएर सीमित जनशक्ति र सीमित समय तोकेर मात्रै सेवा दिइरहेका छन् ।
शिक्षक रामकाजी बस्न्यातले सहकारी र बैकको पास बोकेका सवारी साधन र व्यक्तिहरू सडकमा हजारौँको सङ्ख्यामा देखिन थाल्नु नै अर्को महामारीको खतरा हुन थालेको बताउँछन् । ‘अनावश्यक भीड नरोक्ने हो भने निकै ठुलो मानवीय क्षति हुने सङ्केत देखा पर्दैछ’ उनले भने । निषेधाज्ञाका क्रममा बैङ्क, बित्तीय संस्था तथा सहकारीका साथै प्रेस लगायतका हजारौं मानिस सडकमा आउँदा महामारी रोक्न लगाइएको निशेधाज्ञाले पनि थेग्न नसक्ने उनी ठान्छन् ।
Leave a comment