हाइलाइट

डिग्रे साईकुमारी सहकारीद्धारा कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

डिग्रे साईकुमारी सहकारीद्धारा कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग :: Sahakari Akhabar

रुकुम पश्चिम । डिग्रे साईकुमारी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पर्याउने उद्देश्यले उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो ।

भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको डिग्रे साईकुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक यज्ञबहादुर विष्टले जानकारी दिएका छन् ।

उनले भने, विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेको जनाए । संस्थाले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ ।

संस्थाले गरेको यस सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास डिग्रे साईकुमारी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छिन् ।

साथै, विपद्को समयमा एकअर्काको साथ र सहयोग नै मानवीयताको महत्वपूर्ण परिचय भएको संस्थाको धारणा छ । “विपद्को पीडामा मल्हम लगाउनु केवल सहयोग होइन, मानवीय जिम्मेवारी हो” भन्ने भावनाका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जनाएको छ ।



Leave a comment