हाइलाइट

काभ्रेको बिन्धवासिनी साकोसद्धारा कोषमा ६ लाख ११ हजार ५६० रुपैयाँ सहयोग

काभ्रेको बिन्धवासिनी साकोसद्धारा कोषमा ६ लाख ११ हजार ५६० रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६लाख ११ हजार ५६० रुपैयाँ सहयोग गरेको संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको बताए ।

विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको र सहकारीको मूल मर्म, सिद्धान्तले पनि राष्ट्रिय संकटको वर्तमान समयमा संस्थागत रुपमा जति सकिन्छ सहयोग गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै दिवंगत हुनुभएका सबैमा हार्दिक श्रद्धार्पण गर्दै घाइतेहरुको शीघ्र उपचार, बेपत्ताहरुको खोजीमा प्राथमिक रुपमा सरकारको ध्यान जानेछ भन्ने कामना गरेको छ ।



Leave a comment