हाइलाइट

ग्रामीण बाल्मिकी साकोसबाट उद्धार कोषमा २ लाख ९३,६२३ सहयोग

ग्रामीण बाल्मिकी साकोसबाट उद्धार कोषमा २ लाख ९३,६२३ सहयोग :: Sahakari Akhabar

काठमाडौं । बर्दघाट जिमिरेभार नवलपरासीमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९३ हजार ६२३ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यको संयुक्त योगदानबाट उक्त रकम उद्धार कोषमा सहयोग गरेको जनाएको छ ।

संस्थाले बाढी प्रभावित क्षेत्रको पुनःउत्थानकालागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवालगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।



Leave a comment