हाइलाइट

सबैको साकोसद्धारा कोषमा १ लाख ८ हजार ८४५ रुपैयाँ सहयोग

सबैको साकोसद्धारा कोषमा १ लाख ८ हजार ८४५ रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । तिलोत्तमा ५ मणिग्राम रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८ हजार ८४५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पर्याउने उद्देश्यले उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो ।

भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको संस्थाले जनाएको छ ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेको र संस्थाले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने संस्थाको भनाइ छ ।

संस्थाले गरेको यस सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास संस्थाको छ । साथै, विपद्को समयमा एकअर्काको साथ र सहयोग नै मानवीयताको महत्वपूर्ण परिचय भएको संस्थाको धारणा छ ।



Leave a comment