हाइलाइट

पोखरा रोयल साकोसद्धारा कोषमा ३ लाख ५२ हजार १सय रुपैयाँ सहयोग

पोखरा रोयल साकोसद्धारा कोषमा ३ लाख ५२ हजार १सय रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । बुद्धचोक पोखरा कास्कीमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५२ हजार १सय रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उद्धार कोषमा रकम सहयोग गरेको हो ।

भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा संस्थाले सहयोग गरेको जनाएको छ । सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको संस्थाको भनाइ छ ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेकोले संस्थाले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने संस्थाको भनाइ छ ।

संस्थाले गरेको यस सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास संस्थाको छ । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।



Leave a comment