‘देख्नेले पनि सिक्लान्’

‘देख्नेले पनि सिक्लान्’ :: Sahakari Akhabar

सहकारीको सिद्धान्त र व्यवहारिक प्रयोग 

प्रयासमा बाँच्नेले पर्खिँदैन काम सुरु गरिहाल्छ । नचाहिने शङ्का गर्दैन । आँट गरिहाल्छ । ‘देख्नेले के भन्लान्’ भनेर हिचकिचाउँदैन, ‘देख्नेले पनि सिक्लान्’ भनेर काम सुरु गरिहाल्छ । अनावश्यक शङ्का गर्दैन, आवश्यक आँट गर्दछ र ‘देख्नेले के भन्लान्’ भन्दैन, जोहो गर्न थाल्छन् । जोहो गर्नु भनेको बचत गर्नु हो । 

हकारिता भनेको स्वावलम्बन र पारस्परिकताको योग हो । स्वावलम्बनलाई सम्भव र सफल बनाउन सहकारी बनाइन्छ । धेरै मान्छे सँगै रहने, व्यापार व्यवसाय गर्ने, लाभ बाँड्ने सिद्धान्त हो । सहकारीले व्यक्तिगत भन्दा पनि सामाजिक शर्तमा काम गर्छ । सहकारीको स्वार्थ अर्थोपार्जन वा लाभ प्राप्त गर्ने भए पनि त्यसको लाभांश सामाजिक रूपमा बाँडफाँड हुन्छ ।

सहकारीले सामाजिक उत्तरदायित्व ग्रहण गर्छन् । त्यसैले सहकारीलाई सामाजिक सस्थाकै रूपमा लिइन्छ । तर सहकारी समाजसँग भन्दा पनि आफ्नो सदस्यहरूमा बढी केन्द्रित हुन्छन् । सहकारीमा संलग्न हुन स्वावलम्बी बन्न जरुरी छ । त्यसका लागी ‘उ आफ्नो भर पर्दछ’ र ‘उसले आफ्नो भाग गर्दछ’ छ । अर्काको भर नपरे आफ्नो भर परिन्छ र स्वावलम्बी आत्मनिर्भर हुन्छ । आफ्नै खुट्टामा उभिन्छ । स्वावलम्बी मान्छे अरूको आसमा बाँच्दैन, आफ्नै प्रयासमा बाँच्छ ।

प्रयासमा बाँच्नेले पर्खिँदैन काम सुरु गरिहाल्छ । नचाहिने शङ्का गर्दैन । आँट गरिहाल्छ । ‘देख्नेले के भन्लान्’ भनेर हिचकिचाउँदैन, ‘देख्नेले पनि सिक्लान्’ भनेर काम सुरु गरिहाल्छ । अनावश्यक शङ्का गर्दैन, आवश्यक आँट गर्दछ र ‘देख्नेले के भन्लान्’ भन्दैन, जोहो गर्न थाल्छन् । जोहो गर्नु भनेको बचत गर्नु हो ।

सहकारी सुधारका लागि प्रमुख जिम्मेवारी राष्ट्रिय सहकारी महासङ्घकै हो । केन्द्रीय सङ्घ, प्रदेश सङ्घ र जिल्ला स्तरीय सङ्घको पनि भूमिका रहन्छ नै । राज्यले बनाउने ऐन, नियम कानुनमा सहकारी सम्बन्धी व्यवस्थाले देशको परिय बनाउँछ । 

‘एकका लागि सबै र सबैका लागि एक’ पारस्परिकताको मूल मर्म हो । डा. विलियम किङ्सले भनेका छन्, ‘प्रत्येक दिन हामी पसलमा चाहिने सामान किन्न जानै पर्छ, त्यसो भए हामी हाम्रै पसलमा किन नजाने त ?’ हामी आफैँ अग्रसर किन नहुने ? यसका लागि पारस्परिकता चाहिन्छ । पारस्परिकता एक्लो व्यक्तिको प्रयत्नमा भन्दा पनि सामूहिकतामा मात्रै सम्भव छ । त्यसैले पारस्परिकता कालागि सहकारी सबैभन्दा राम्रो विकल्प हो ।

सहकारीकर्मीहरू आफू स्वावलम्बी भएर मात्र अरूलाई संस्थाको ढोका खुल्ला गरेका भए उनीहरू स्वार्थीमा दरिन्थे । फेरी, स्वावलम्बनको भावना नराखी खुल्ला सङ्गठन बनाउन चाहेका भए उनीहरू कुनै उदासीन जमात हुन्थे । सहकारीको मौलिकता भनेको नाफाको न्यायोचित वितरण हो । सहकारी संस्थाले आफ्ना सदस्यलाई एकजुट हुने र समस्या समाधान गर्ने बाटो देखाउँछन् । सदस्यबिच एक व्यक्ति एक भोट (निर्णय गर्ने अधिकार) का आधारमा संस्थामा लोकतान्त्रिक पद्धति अनुसरण गर्दछन् ।

सहकारीका ६ वटा मूल्य छन् ।  स्वसहयोगी बन्ने, स्व जिम्मेवार बन्ने, प्रजातान्त्रीक पद्धति अपनाउने, समानता, इक्युटी (मूल्य,मान्यता र सिद्धता) र एकता हुन् । त्यसै गरी  सहकारीका न्यूनतम नैतिक, मान्यताहरू पनि छन् । इमानदारिता, खुल्लापन, सामाजिक उत्तरदायित्व र अरूलाई सहयोग गर्ने ।

यसरी सहकारीका आधार मूल्य र नैतिक मूल्य हुन्छन् । संस्थाहरू साझा रूपमा कसरी सङ्गठित भएका छन्  भन्ने विषय आधार मूल्य हो । र  सहकारी संस्थाहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने विषय नैतिक मूल्य हो । आधार मूल्य सहकारीकर्मीको निष्ठा हो भने नैतिक मूल्य प्रतिष्ठा हो ।

जसले नीति नियम बनाउँछन्, उनीहरू दार्शनिक भए, व्यवहारिक भएनन् । अझ सहकारी आन्दोलनका नेताहरूमा यो प्रवृत्ति धेरै छ । सहकारीको ऐन नियम बनाउनेहरूलाई नै सहकारी चलाउन दिए अवस्था कस्तो होला ?

सहकारी सिद्धान्तको प्रयोग 

१) सहकारी सिद्धान्तको सारमा सहकारी दर्शन भेटिन्छ । सहकारी सिद्धान्त प्रयोग कर्मकाण्डी र परम्परा धान्नका लागि होइन । सदस्यको अधिकतम हितमा केन्द्रित हुन्छ । सदस्यको जीवनयापनलाई उन्नत बनाउने तर्फ लक्षित हुन्छ ।

२) सहकारी आन्दोलनको विकासले सरकारको उद्देश्यलाई टेवा दिन्छ । तर सरकारी उद्देश्य पूरा गर्ने दृष्टिकोणबाट काम ग¥यौँ भने सहकारी आन्दोलनको विकास कहिल्यै हुँदैन ।

३) बालबालिकालाई असल शिक्षाभन्दा ठुलो फाइदाजनक कुरा केही हुँदैन । त्यस्तै सहकारीकर्मीका लागि पनि शिक्षाभन्दा ठुलो अरू केही हुँदैन ।

४) सहकारी सदस्यहरू ध्येयद्धारा निर्देशित हुन्छन् । व्यावसायिक सफलता नै उनीहरूको ध्येय हुँदैन । उनीहरूको ध्येय त आर्थिक सम्बन्धहरूमा न्याय स्थापना हो । तर यहाँ धेरै  छद्म सहकारी छन् । सहकारीका सिद्धान्तको पालना गर्ने संस्थालाई वास्तविक र अरूलाई छद्म भन्ने गरिन्छ ।

सहकारी सदस्यहरू ध्येयद्वारा निर्देशित हुन्छन् । व्यावसायिक सफलता नै उनीहरूको ध्येय हुँदैन । उनीहरूको ध्येय त आर्थिक सम्बन्धहरूमा न्याय स्थापना हो । तर यहाँ धेरै  छद्म सहकारी छन् । सहकारीका सिद्धान्तको पालना गर्ने संस्थालाई वास्तविक र अरूलाई छद्म भन्ने गरिन्छ ।

गैर सदस्यसँग कारोबार नगर्ने, नाफालाई मूल उद्देश्य नमान्ने, उपकारको भर नपर्ने, सकारात्मक काम गर्ने सहकारीका आधारभूत मान्यता हुन् । यी मान्यताको पालना गर्दा मूल्यको जगेर्ना हुन्छ । तर गैर सदस्यसँगको कारोबारले सदस्य केन्द्रीयता रहँदैन । संस्था र सदस्य छुटिन्छन् । सदस्यबिच पारस्परिकता खलबल्याउँछ र उदासीनता ल्याउँछ । संस्था प्रतिको अपनत्वमा ह्रास आउँछ ।

त्यस्तै उँभो लागिरहेको सहकारी संस्थाको साख गैर सदस्यसँगको कारोबारसँगै  ह्रास आउन थाल्छ । दुखको कुरा ।  जसले नीति नियम बनाउँछन्, उनीहरू दार्शनिक भए, व्यवहारिक भएनन् । अझ सहकारी आन्दोलनका नेताहरूमा यो प्रवृत्ति धेरै छ । सहकारीको ऐन नियम बनाउनेहरूलाई नै सहकारी चलाउन दिए अवस्था कस्तो होला ?

भने जस्तो भएन भन्नेहरू भन्छन्, यति धेरै सहकारी छन्, कारोबार पनि बृहत् छ । सदस्यहरू पनि धेरै छन् । तर सहकारी असर (कोअपरेटिभ इफेक्ट) देखिएको छैन । भएजस्तो भएन भनेर सहकारीताको मर्म विपरित आफूलाई मन लागे जस्तो समयसापेक्ष संशोधन खोज्नु गम्भीर भूल हो । तौर तरिका झैँ सिद्धान्तै फेर्न चाहने प्रवृत्ति यस भित्र पर्दछन् ।

भने जस्तो भएन भन्नेहरू आलोचकहरू पर्दछन्, जसले सहकारी आन्दोलनका असफलता औँल्याउँछन् । सहकारीका लागि राज्यको ढुकुटी सकिएको चर्चा गर्छन् । । सहकारीले अरू जसरी प्रतिस्पर्धा गर्न नसक्ने ठान्दछन् । भए जस्तो भएन भन्नेमा बढी सहकारीकर्मीहरु पर्छन् । उनीहरू तौर तरिका झैँ सिद्धान्त फेर्न खोज्ने, सहकारीताको मर्म विपरीत संशोधन खोज्ने र राज्यको प्रशस्त लगानी खोज्ने प्रवृत्तिका हुन्छन् ।

सहकारी आन्दोलनको विकासले सरकारको उद्देश्यलाई टेवा दिन्छ । तर सरकारी उद्देश्य पूरा गर्ने दृष्टिकोणबाट काम गर्यौ भने सहकारी आन्दोलनको विकास कहिल्यै हुँदैन । 

भए जस्तो भएन भनेर प्रदूषित भयो भनेर जीवन शैली परिवर्तन गर्ने कि हावा पानी नै परिवर्तन गर्न लाग्ने ? भने जस्तो भएन भनेर असान्दर्भिक कठोर ऐन नियमको आवश्यकता देख्ने ? समग्रमा भन्नुपर्दा सहकारीले यी कुरामा विशेष ध्यान दिनै पर्छ । सहकारीताले अर्काको ऐश्वर्य नछुने, लुटको धन नखोज्ने, समाज बिथोल्ने कार्य नगर्ने, राजनेतालाई दुख नदिने,  गोप्य सङ्गतमा नपर्ने, हिंसाको मनसा नराख्ने, सम्मानको ईश्र्या नगर्ने, उपहार नस्विकार्ने हुन्छ । त्यस्तै बेकारको नाता नगाँस्ने, स्वभावको हुन्छ ।

विकासका वर्तमान चुनौतीहरुमा बहस गर्दै जाँदा सामना गर्ने उपायको रूपमा सहकारिता नै देखिन्छ । त्यस कारण सहकारीको विकल्प छैन । सहकारीको सही प्रयोग र अभ्यास गर्न आवश्यक छ । सहकारी सुधारका लागि प्रमुख जिम्मेवारी राष्ट्रिय सहकारी महासङ्घकै हो । केन्द्रीय सङ्घ, प्रदेश सङ्घ र जिल्ला स्तरीय सङ्घको पनि भूमिका रहन्छ नै । राज्यले बनाउने ऐन, नियम कानुनमा सहकारी सम्बन्धी व्यवस्थाले देशको परिचय बनाउँछ । र यसका साथै सहकारीको सुधारका लागि नियामक निकायहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

१) नियमन : सहकारीतामा नियमन प्रशासकीय भन्दा पनि शैक्षिक प्रक्रिया हुन्छ ।

२) प्रवर्धन : प्रवर्धन राम्ररी गर्न बैचारिक स्पष्टता चाहिन्छ ।

३) प्रशिक्षण : प्रशिक्षण सहकारी चिन्तन मनन र विधि व्यवहारको खोजीनितीबाट आलोकित भइरहन्छ ।

(नेपाल सहकारी पत्रकार समाजको तालिममा प्रस्तुत कार्यपत्रको सम्पादित अंश)




Leave a comment