ईश्वर दाहाल / दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि काल ढुङ्गा मावि मिर्गेले हात पारेको छ । छात्र तर्फको फाइनल खेलमा विष्णु मावि गैरिमुदीलाई हराउँदै काल ढुङ्गा मा.वि मिर्गे प्रथम भएको हो । दोलखाको मैनापोखरीमा रहेको जनसचेतन बचत ऋण सहकारी संस्थाले सहकारी दिवसको अवसरमा बैतेश्वर गाउँपालिका भित्र आयोजना गरेको विद्यालय स्तरीय भलिबल प्रतियोगिता शनिवार सकिएको छ ।
६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रवार र शनिवार हनुमन्तेश्वरमा आयोजित खेलमा प्रतियोगिता छात्र तर्फ विष्णु मावि –द्धितिय, जनज्योति मा।वि तृतीय भएका छन् । त्यसै गरी छात्रा तर्फको खेलमा हनुमन्तेश्वर मावि मैनापोखरी प्रथम भएको छ । जनज्योति मा.वि द्धितिय, विष्णु मा.वि तृतीय भएको छ । प्रतियोगिता पहिलो हुने टिमले दश हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने विद्यालयले पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
खेलकुद क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सहकारीले भलिबल प्रतियोगिता आयोजना गरेको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए । खेलमा सफल हुने विद्यार्थी तथा विद्यालयलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पुरस्कार वितरण गरेका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद समिति दोलखाका अध्यक्ष रोहित खडका, हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपा ध्वज श्रेष्ठ, शिक्षक कल्याण साकोसका अध्यक्ष तारा पन्त, जनमुखी साकोसका अध्यक्ष माधव दहाल दीक्षण दैनिकका कार्यकारी निर्देशक ध्रुव आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया