तीर्थ साकोसको क्युआर कोड, इटेलर र इपेमेन्ट सेवा सुरु

तीर्थ साकोसको क्युआर कोड, इटेलर र इपेमेन्ट सेवा सुरु :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

संस्थाले ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा कागज रहित कारोबारको लागि इटेलर र इपेमेन्ट सेवा तथा नगद रहित कारोबारको लागि क्युआर कोड भुक्तानी सेवा सुरु गरेको संस्थाका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिए ।

संस्थाले सुरु गरेको प्रविधि मैत्रि सेवाको काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैङ्कका संचालक ज्ञान बहादुर तामाङले उद्धघाटन गरेका थिए ।



Leave a comment