शुभकामना साकोसद्धारा सहकारी थिमका बिषयमा गोष्ठी 

शुभकामना साकोसद्धारा सहकारी थिमका बिषयमा गोष्ठी  :: Sahakari Akhabar

भक्तपुर । ६४औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाले यस बर्षको राष्ट्रिय सहकारी थिमका बिषयमा गोष्ठी गरेको छ ।

संस्थाले सहकारी थिम “मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी” का विषयमा सूर्यबिनायक नगरपालिकाका उपमेयर जूना बस्नेतको प्रमुख आतिथ्यतामा गोष्ठि सम्पन्न गरेको हो । उपमेयर बस्नेतले एउटै कार्य क्षेत्रमा धेरै वटा सहकारी रहेकोले सहकारी मर्ज आवश्यक रहेको बताइन । कार्यक्रममा संस्थाका अध्यक्ष राम प्रसाद कासुलाले यस बर्षको थिमका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष बलराम जु श्रेष्ठले संस्थाको प्रगति बिवरण प्रस्तुत गरेका थिए । एशियाली ऋण महासंघ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न संस्थाको २०७७ फागुन मसान्त सम्ममा ८,२८१ सदस्यहरुवाट १ अर्व २४ करोड ६१ लाख १४ हजार चार सय पचिस रुपैयाको कारोवार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष निर्मला सुवालले स्वागत तथा कर्मचारी चलिला कर्माचार्यले कार्यक्रम संचालन गरेका थिए भने सचिव पुष्पलाल तिमिलाले धन्यवाद मन्तव्य राखेका थिए ।



Leave a comment