सहकारी दिवसको दिन परिवारका चारै जनाले गरे रक्तदान

सहकारी दिवसको दिन परिवारका चारै जनाले गरे रक्तदान :: Sahakari Akhabar

आजको रक्तदानमा एकै परिवारका चार जनाले एकै पटक रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष पाठक सहित पत्नी राधा, छोराहरू सागर र सम्राट्ले संयुक्त रूपमा रक्तदान गरेका हुन । युवा पुस्तालाई समेत रक्तदानमा अभिप्रेरित गर्न परिवारलाई नै रक्तदान जस्तो पुण्य कार्यमा जोडेको पाठकले बताए ।

काठमाडौँ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले ६४औँ राष्ट्रिय सहकारी दिवस एवं १३औँ वार्षिकोत्सवको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम गरेको छ । संस्थाले विगत १० वर्षदेखि सहकारी दिवसको उपलक्ष्यमा निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाको आयोजना तथा भक्तपुर रेडक्रस सोसाइटीको संयोजनमा भएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले पाँच तारा सहकारीले २०६६ सालदेखि निरन्तर रक्तदान गर्दै आएको र अहिलेसम्म १० पटक रक्तदान कार्यक्रम गरिसकेको जनाए । संस्थाले कोभिड १९ महामारीको बिचमा पनि रक्तदानलाई निरन्तरता दिएको बताए ।

अन्य सङ्घ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा संस्थाका सदस्य र कर्मचारी सहभागी हुँदै आएको र आकस्मिक रक्तदानहरूमा पनि आफूहरूले सक्रिय सहभागिता जनाएको उनले बताए । रक्तदान कार्यक्रमलाई काठमाडौँ जिल्लाभर सञ्चालन गर्ने काममा समेत पाँच ताराले पहल गर्न सकेको उनको भनाई थियो ।

आजको रक्तदानमा एकै परिवारका चार जनाले एकै पटक रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष पाठक सहित पत्नी राधा, छोराहरू सागर र सम्राट्ले संयुक्त रूपमा रक्तदान गरेका हुन । युवा पुस्तालाई समेत रक्तदानमा अभिप्रेरित गर्न परिवारलाई नै रक्तदान जस्तो पुण्य कार्यमा जोडेको पाठकले बताए ।

संस्थाले रक्तदाताहरूलाई प्रमाणपत्रका साथै नियमित पाँच पटक रक्तदान गर्ने रक्तदातालाई चाँदीको सिक्का दिँदै आएको छ भने १० पटकभन्दा बढी रक्तदान गर्नेलाई विशेष सम्मान गर्ने योजना बनाएको छ ।

Leave a comment