प्रस्तावित सहकारी बैककाे भेला सप्पन्न

प्रस्तावित सहकारी बैककाे भेला सप्पन्न :: Sahakari Akhabar

काठमाडौं । नेपाली काग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन  नेपाल सहकारी बैक अपरिहार्य रहेको बताएका छन् । एउटामात्र सहकारी बैकले सहकारी क्षेत्र समेट्न नसकेको टीप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैक बनाउन सकिने बताए । 
प्रस्ताबित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भीक भेलालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैकलाई कुनैपनि हालतमा रोक्न नसक्ने ठोकुवा गरे। उनले भनेे –यो बैक सबैको लागि आवश्यकता छ, तपाईहरु दर्ता प्रकृयामा जानुस कसैले रोक्न सक्दैन बैक स्थापना भएरै छाड्नेछ । उनले जननेता विपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराउनुभएको दाबी गर्दै मुलुकभर सहकारी फस्टाएको स्मरण गर्दै अब मुलुकमा अर्को सहकारी बैक स्थापना भैसकेको जिकीर गरे । 
बैक दर्ता प्रकृयाले लोकतन्त्र र अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै तत्काल दर्ता प्रकृया शुरु गर्न आग्रह गरे । राष्ट्रिय सहकारी बैकका सञ्चालकले नेपाल सहरकारी बैक खोल्न दिन नहुने भन्दै आफुलाई  सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै उहाले भनेे केही केही नेपाल सहकारी बैकको विरुद्धमा लागेका छन् , म भन्छु यस्ले केही समस्या पार्दैन प्रकृया थाल्नुस सिङगो पार्टीको पुर्ण सहयोग रहनेछ । 
प्रस्ताबित नेपाल सहकारी बैक स्थापना गर्नुपर्ने कारणबारे औल्याउदै बैक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैकले राष्ट्र बैककबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना  धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नया बैकको आवश्यकता महसुस गरी एक हजार भन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताए । 
उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक  दर्ता प्रकृया  अघि बढाइएको जानकारी गराए । उनले भने, करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका  थियौ अब दर्ता प्रकृया शुरु गर्नेछौ । उनले प्रारम्भीक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्था का एक हजार भन्दा बढी सदस्य उपस्थित भएर ठुलो सफलता भएको बताउदै अब बैक दर्ता प्रकृयामा कसैले अवरोध गर्न नसक्ने जिकीर गरेे । एकमात्र सहकारी बैकले प्रभावकारी सेवा दिन नसकेको कारण बाध्य भएर नया बैक दर्ता प्रकृया शुरु गरेको उल्लेख गर्दै संयोजक भण्डारीले भने–नेपाल सहकारी बैक जस्तै प्रकृतिका अब ५ वटा बैक खुल्नुपर्छ । ३४ हजार भन्दा बढी सहकारी मध्य सक्रिय कारोबार गर्ने सहकारीको संख्या ३० हजारको संख्यामा रहेको अवस्थामा सबैलाई व्यवस्थित सेवा दिन नया बैकको आवश्यक रहेको छ । 
 तथ्याङक हेर्दा नेपालमा ८ खर्ब भनदा बढीको निक्षेप संकलन, १ खर्ब भन्दा बढी शेयर पुजी संकलन, ७३ लाख भन्दा बढीलाई बित्तीय सेवा र सुविधा , ३ लाख बढीलाई रोजगारीको प्रदान र कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत भन्दा बढी योगदान दिएको सहकारी क्षेत्रमा नया बैको आवश्यक महसुस गरी देशैभरबाट आएका सहकारी सदस्यको सहयोगमा भेला आयोजना गरीएको संयोजक भण्डारीले बताए  । 
 भेलामा पुर्वमन्त्री एवं नेपाली काग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले   मुलुकमा एउटामात्र सहकारी बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैक स्थापना गर्ने कामको शुरुवात गरेकोमा  खुसी व्यक्त गरे । भेलामा पुर्व अर्थ राज्यमन्त्री एवं नेपालीका काग्रेसका नेता उदयशम्सेर राणा, पुर्व गभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले  अहिलेको अवस्थामा एउटामात्र सहकारी बैकले काम गर्न नसकेको  सो बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैक स्थापना गर्ने काम थालेकोमा सुभकामना व्यक्त गरेका थिए ।


 



Leave a comment