काठमाडौं । मूलुक संघिय संरचनामा गएपछि सहकारीको संरचना पनि फेरिएको छ । संघिय सहकारी विभागले गरेको पछिल्लो तथ्याङ्क अनुसार म २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरु, २० वटा विषयगत केन्द्रीय संघहरु, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरु सक्रिय रहेको देखिन्छ ।
संघीय सरकारको मातहतमा १ सय २५ प्रदेश सरकार मातहतमा ६ हजार २ र स्थानीय सरकारको मातहतमा २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । मुलुकमा संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकारहरु बीच अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने र अधिकार पनि तीन तहकै सरकारमा विभाजन भएको हो ।
Leave a comment