बिर्तामोड । झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहयोग रहने बताइन् ।
उनले बिर्तामोड सहरमा उत्पादन भइरहेको फोहोरको व्यवस्थापनमा साथ पुग्ने गरी वैकल्पिक उर्जा उत्पादन गर्न सकिने प्लान्टहरु स्थापना भइरहेकोले सहकारीहरुको सहभागीता हुनसक्ने बताइन् । समाज रुपान्तरण गनर्, राज्यका निकायहरुलाई ठिक ट्र्याकमा लैजान सहकारी अभियानको उल्लेखनीय भूमिका रहने बताइन् ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा बोल्दै सांसद निरौलाले सहकारीहरुले वित्तीय कारोबारमात्र नगरी उत्पादन तथा बजारीकरणका क्षेत्रमा काम गर्न सके सदस्यहरु लाभान्वित हुने उनको भनाई छ । कर्णाली साकोसले २०औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले कोरोनाको संकटका बेला संस्थाले नाफा कमाउने, सदस्य विस्तार गर्ने, लगानी बढाउनेभन्दा पनि सदस्यको पिरमर्कामा आफूहरुको ध्यान गएको उनको भनाई छ ।
“सदस्यालाई राहत, उपचार, सहयोग गर्ने कुरामा हामी केन्द्रित भयौँ” अध्यक्ष श्रेष्ठले भने “संकटका बेलामा सामाजिक कार्यलाई बढी प्राथमिकता दिएका छौँ ।” संस्थाले गत चैत महिनादेखि असार मसान्तसम्म पाकेको ब्याजमात्र ४५ लाख रुपैयाँ ऋणि सदस्यलाई छुट दिएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने, ‘संस्थाले यो पुष महिनाभर कुनै पनि किसिमको हर्जाना र जरिवाना नलिने निर्णय गरिसकेको छ ।’ सोही निर्णयको प्रभावका कारण असार मसान्तमा साढे चार करोड बक्यौता रहेको भाका नाघेको कर्जा अशुली भई साढे दुई करोड हाराहारीमा पुर्याइएको उनले अवगत गराए ।
कोरोनाका कारण लकडाउन गरिएको समयमा सदस्यहरुलाई पाँच हजार रुपैयाँसम्म निब्र्याजी ऋण दिएको तथा १० हजारसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको साधारणसभामा अध्यक्ष श्रेष्ठले सुनाए । संस्थाले बिर्तामोड स्वावलम्बन केन्द्रलाई २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । २ अर्ब बढी लगानी गरेको संस्थाले ५ करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ । संस्थाको शेयर पुँजी २८ करोड ३ लाख ५१ हजार ५०० रहेको छ । संस्थाले गत आवमा तीन वटा सहकारी संस्थासँग एकीकरण गरेको थियो ।
Leave a comment