ललितपुर । राष्ट्रिय सहकारी बैंकले नायव महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोरप्रसाद बिमलीलाई नियुक्त गरेको छ । बिमलीलाई आगामी माघदेखि कार्यभार सम्हाल्नेगरि बैंकले नियुक्त गरेको हो । सोमबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले नवनियुक्त नायव महाप्रबन्धकलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनियुक्त नायव महाप्रबन्धक बिमली विभिन्न बैंक वित्तीय संस्थामा लेखा परिक्षण, वित्तीय विश्लेषण, जोखिम व्यवस्थापन सहित इक्रा नेपाल लिमिटेडमा रेटिङ डिभिजन प्रमुख भइ कार्य गरिसकेका छन् । उनले आफुले हासिल गरेको अनुभवलाई सहकारी बैंकको माध्यमवाट सहकारी क्षेत्रमा प्रयोग गर्ने बताए ।
Leave a comment