मकवानपुर । भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र हेटौंडा उपमहानगरपालिका ४ पारिजातपथमा खोलिएको छ ।
संस्थाले सेवा केन्द्रसँगै गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर पनि सञ्चालनमा ल्याएको छ । संस्थाको यो १६ औं सेवा केन्द्र हो । करिब ३ करोड रुपैंयाँको लागतमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरिएको क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिए । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु विक्री गरिने प्रबन्धक थापाले बताए ।
संस्थाले यसअघि डडेल्धुरा, भक्तपुर, पोखरा, चितवनको भरतपुर र टाँडी, सुर्खेत, अत्तरीया, बाग्लुङ र गाइघाटपछि हेटौंडामा खोलिएको हो । यस वर्ष देशभर ५० वटा मार्ट खोल्ने योजना संस्थाको हो । डिपार्टमेन्ट स्टोरको शुभारम्भको अवसरमा पुस महिनाभर हरेक सामानको खरिदमा ३ प्रतिशत छुट पाइने जनाइएको छ ।
सोमबार बिहान मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा सेवा केन्द्र र डिपार्टमेन्ट स्टोरको उद्घाटन गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सहकारीका हेटौंडा शाखा प्रबन्धक वासु भुषाल, सहकारीका प्रतिनिधि, स्टोरका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
Leave a comment