रोशी गाउँपालिका र बिन्धबासिनि साकोस बिच ब्याज अनुदान सम्झौता

रोशी गाउँपालिका र बिन्धबासिनि साकोस बिच ब्याज अनुदान सम्झौता :: Sahakari Akhabar


काभ्रे । रोशी गाउँपालिकाले रोजगारी सिर्जना गर्न उद्यम विकासको लागि सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ । रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्था बीच उक्त कार्यको लागि व्याज अनुदान कार्यक्रमको सम्झौता भएको हो ।

व्याज अनुदान कार्यक्रमबाट गाउँपालिका भित्रका कम्तिमा ६० जना यूवा उद्यमीहरु लाभान्वीत हुनेछन् । उद्यम गर्न चाहने यूवाहरुले सहकारी मार्फत सहुलियतपुर्ण व्याजमा प्रति घरधुरी ६ लाख ५० हजार सम्म ऋण प्राप्त गर्न सक्नेछ । उक्त ऋणको वार्षिक व्याजदर ११.५ प्रतिशत कायम हुने र सो को ५ प्रतिशत गाउँपालिकाले, १ प्रतिशत सहकारीले र ५.५ प्रतिशत सम्बन्धित व्यवसायीले व्यहोर्नु पर्ने जानकारी गाउँपालिका अध्यक्ष डि.वि. लामाले जानकारी दिए ।

यो कार्यक्रम स्थानीय स्तरमा रोजगारी सृजना गर्न र कृषि तथा उद्यम विकासको क्षेत्रमा यूवाहरुलाई आकर्षण गर्न ल्याएको नमुना परीक्षण कार्यक्रम भएकोले यसको परीक्षणको आधारमा आगामी दिनमा थप विस्तार गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहालले बताए । उद्यम गर्न चहाने युवाहरुलाई वडा तथा गाउँपालिकाको सिफारिसमा उद्यमविकास परियोजनाको मुल्यांकन गरि सहकारीको ऋण परिचालन मापदण्ड अनुसार सहकारीले लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत दहालले बताए । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष डिवि लामा र सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले हस्ताक्षर गरेका छन् ।



Leave a comment