सदस्यमा कोरना असर पहिचानकालागि सर्वेक्षण गर्दै चन्द्रागिरि साकोस

सदस्यमा कोरना असर पहिचानकालागि सर्वेक्षण गर्दै चन्द्रागिरि साकोस :: Sahakari Akhabar

काठमार्डौ । सदस्यमा कोभिड १९ (कोरोना) को असर पहिचानकोलागि चन्द्रागिरि बचत तथा ऋण सहकारीले सर्वेक्षण सुरु गरेको छ । संस्थाले कोरोना भाइरसको महामारी बढेसंगै संस्थाका सदस्यहरुमा परेको असरको पहिचान गरी त्यसै अनुसार सेवा प्रदान गर्न संस्थाले सर्वेक्षण सुरु गरेको जनाइएको छ ।

सर्वेक्षणमा सदस्यहरुसंग सहकारी संस्थाबाट प्राप्त गरेका सेवाहरु तथा सुविधाहरु, संस्थाबाट लिएको ऋणका बारेमा बुझ्न खोजिएको छ । त्यसैगरी कोरोना भाइरसबाट भएको चिन्ता र लकडाउनको अवधिमा कोरोना भाइरससंग सम्बन्धित सबै भन्दा ठुलो चिन्ताको विषय के हो ? भनि प्रश्न राखिएको छ ।

परिवारमा कसैलाई कोरोना संक्रमण भए नभएको, कोरोना वीमा गरे नगरेको, परिवारका सदस्यको उमेर समूह त्यसैगरी ६० वर्ष भन्दा माथिका व्यक्तिहरुको सख्या, परिवारमा नियमित औषधि खानुपर्ने सदस्यहरुको सख्या, परिवारमा जोखिम समूहका व्यक्तिहरु जस्तै दिर्घरोगी, घातक रोगी, सुत्केरी, गर्भवती आदि जस्ता सदस्यको सख्याको सर्वेक्षबाट पहिचान गर्न खोजिएको छ । साथै कोरोनाभाईरसले सदस्यको पारिवारिक आर्थिक अवस्थामा पारेको असर र कोरोना भाइरसको अवस्थासंग सामना गर्न गरेको प्रयास अनि कोरोनाभाईरस वा लकडाउनको कारणले आम्दानीको स्रोतमा भएको परिवर्तनको बारेमा पनि सर्वेक्षण गर्न लागिएको छ ।

साथै सदस्यले संस्थाबाट लिन चाहेको सेवा, सदस्य भएको मिति, बचत तथा ऋण कारोबारको अवस्थाआदिका बारेमा सदस्य पहिचान गर्न संस्थाले छुट्टै सर्वेक्षण फर्म तयार गरेको छ । सदस्यले दिएको जानकारीको आधारमा संस्थाले प्रदान गर्ने सेवाहरु सदस्य र सदस्यको परिवारको हित अनुकुल बनाउन सर्वेक्षण सहयोगी हुने संस्थाले अपेक्षा गरेकोछ । सदस्यले तलको लिङकमा गएर संस्थाले निर्माण गरेको फारम भरेर जानकारी दिन सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाए ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeJJjnVtrc2XbcXxW2YNkYtJCe_0z-sVsrtG9PgoeDC5lV0OA/viewform?fbclid=IwAR1UEZ40kjlLR0ooiJ4mCIDSq3XaG_jxj_o7AH0F82NBQgy48IzHzhzS07I



Leave a comment