विद्युतीय कारोबार गर्न सदस्यलाई सीतापाईला सहकारीको अपिल

विद्युतीय कारोबार गर्न सदस्यलाई सीतापाईला सहकारीको अपिल :: Sahakari Akhabar

डिजिटल बैकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा, तत्काल एटिएम बनाउन परेमा तत्कालै सीतापाइला मोबाइल एप्स डाउनलोड गरि मोबाइल बैंकिङसेवा संचालन गर्न सकिने बताए । साथै अन्य कुनै जानकारी लिनु परेमा सस्थाका मुख्य बित्त निर्देशक अनिलकुमार मानन्धरलाइ ९८५११३७८८३ मा सम्पर्क गरि सहयोग लिन सकिने ।

काठमाडौ । सीतापाईलामा रहेको सीतापाइला बहुउद्दश्यीय सहकारी संस्थाले लकडाउनमा निशुल्क विद्युतीय कारोबारमार्फत सेवालिन सदस्यहरुलाई अपिल गरेको छ ।

संस्थाले बिश्वब्यापीरुपमा फैलिरहेको कोरोना संक्रमण काठमाडौं भित्र पनि बढिरहेको र काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुनः एकसाताकालागि निशेधाज्ञा जारि गरेको हुनाले यस्तो अवस्थामा संस्थामा उपस्थित भै कारोबार गर्न सम्भब नभएको भन्दै तत्काल संस्थाको कार्यालय बन्द रहने जनाएको छ । साथै संस्थाले ८ ठाउँमा क्षेत्रगतरुपमा सम्पर्क ब्यक्ति तोकि सदस्यहरुलाई आपत्मा सेवा दिने ब्यबस्था गरेको पनि जनाएको छ ।

संस्थाले अपिलमा एटिएम साथै मोबाइल बैकिङ्गको माध्यमवाट कारोबार गर्न अनुरोध गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि विद्युतीय कारोबारलाई प्राथमिकता दिन  सबै सदस्यहरुलाई अपिल गर्दछौं, अपिलमा भनिएको छ ।

एउटा खातावाट अर्कौ खातामा रकम जम्मा गर्न, बिजुलि, टेलिफोन लगायत बिभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न सकिने मोबाइल बैंकिङ सेवा रहेको संस्थाले जनाएको छ । साथै संस्थाबाट प्रदान गरिएको एटिएम सेवा, देश भरिको बैकको एटिएमबाट पनि २४ सै धण्टा रकम झिक्न सकिने र शुल्क नलाग्ने ब्यबस्था गरिएको संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले बताए ।

उनले डिजिटल बैकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा, तत्काल एटिएम बनाउन परेमा तत्कालै सीतापाइला मोबाइल एप्स डाउनलोड गरि मोबाइल बैंकिङसेवा संचालन गर्न सकिने बताए । साथै अन्य कुनै जानकारी लिनु परेमा सस्थाका मुख्य बित्त निर्देशक अनिलकुमार मानन्धरलाइ ९८५११३७८८३ मा सम्पर्क गरि सहयोग लिन सकिने अध्यक्ष मानन्धरले बताएका छन् ।



Leave a comment