हाइलाइट

सुमेरु सेभिङको स्थापना दिवसमा रक्तदान कार्यक्रम

सुमेरु सेभिङको स्थापना दिवसमा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

ललितपुर । पुल्चोक स्थित सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले २२ औं वार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ । संस्थाले रक्तदान कार्यक्रम आयोजना गरी २२ औं वार्षिकोत्सव मनाएको हो । रक्तदान कार्यक्रमको शुभारम्भ स्वयम् सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले गरेका थिए । कार्यक्रममा २ सय ८५ पाउण्ड रगत संकलन भएको जनाइएको छ ।

कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक गभर्नर टंक श्रेष्ठ, नेपालमा सबै भन्दा बढी रक्तदान गरी इतिहास रचेका प्रेमसागर कर्माचार्य, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, महाप्रबन्धक हेमराज दाहाल, सुमेरु अस्पतालका निर्देशक दिलीप डंगोल, सचिव विनोद आचार्य, संस्थाका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा सुमेरु ग्रुप अफ कम्पनीमा आवद्ध संस्थाका व्यवस्थापक, कर्मचारी, खेलाडी, सदस्यहरु, सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रममा अध्यक्ष महर्जनले रक्तदान जीवनदान शन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको बताए । धापाखेलबाट २५ सदस्यबाट सुरु भएको सुमेरु हाल १५ सय सदस्य रहेको महाप्रबन्धक हेमराज दाहालले जानकारी दिए । सुमेरुले मुख्य कार्यालय, कालीमाटी, गठ्ठाघर, धापाखेलमा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
 



Leave a comment