हाइलाइट

चन्द्रागिरी साकोस एकीकरणसंगै कार्यक्षेत्र बिस्तार 

चन्द्रागिरी साकोस एकीकरणसंगै कार्यक्षेत्र बिस्तार  :: Sahakari Akhabar

काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले एकीकरणसंगै कार्यक्षेत्र पनि बिस्तार गरेको छ । संस्थाले ललितपुरको रिचमन्ड बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरेर कार्यक्षेत्र बिस्तार गरेको हो ।

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाको एकीकरण पश्चात ललितपुर जिल्ला कार्यक्षेत्र थप भएको हो । चन्द्रागिरीले बागमती प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट एकीकरणको अनुमती पाएको छ ।

संस्थाले आगामी आर्थिक वर्षबाट एकीकृत कारोबार सञ्चालन गर्ने र ललितपुरको लगनखेल र दहचोकमा सेवा केन्द्र विस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

संस्था एक्सेस् कार्यक्रममा सहभागी रहेको छ । संस्थाले हालै मात्र  अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्धारा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । 



Leave a comment