हाइलाइट

स्याङ्जाका १४ वटा सहकारीलाई एक करोड अनुदान

स्याङ्जाका १४ वटा सहकारीलाई एक करोड अनुदान :: Sahakari Akhabar

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्याङ्जाका १४ वटा सहकारीलाई एक करोड अनुदान दिएको छ । मन्त्रालयको अनुदानमा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिम र कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएको र मौरीका घारलगायत आवश्यक उपकरणहरु समेत उपलब्ध गराइएको बताइएको हो । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गरेकी थिइन् । मन्त्री अर्यालले बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गरेकी हुन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको सम्बादमा मन्त्री अर्यालले बताइन् ।

हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताइन् । ‘गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ,’ मन्त्री अर्यालले भनिन् । एक घर एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’



Leave a comment