कोरना भाइरसको संक्रमण रोकथाममा सहकारीको प्रयास, जागरण कार्यक्रम देखि निशुल्क एटिएम सेवा सम्म 

कोरना भाइरसको संक्रमण रोकथाममा सहकारीको प्रयास, जागरण कार्यक्रम देखि निशुल्क एटिएम सेवा सम्म  :: Sahakari Akhabar

राज्यले तेश्रो खम्बाको रुपमा लिएको सहकारी क्षेत्रले पनि भरमजदुर प्रयास गरिरहेको छ । आम सर्वसाधारणलाई यसको सम्क्रमणबाट बचाउन सहकारी क्षेत्रले सचेतनाका कार्यक्रम गर्ने साबुन, माक्स, सेनीटाइजर निशुल्क वितरण गर्ने, सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने, आकस्मिक उपचारकालागि सहुलियत ऋण प्रवाह गर्ने, ऋणको ब्याज तथा हर्जानामा छुट दिने काम गरेर सहकारीको उदारता दर्शाएको छ ।

काठमाडौं । छिमेकी मूलुक चीनबाट सुरु भएर विश्वमा फैलदै गएको कोरना भाइरस (कोभिड–१९) को त्रास हाम्रो मूलुकमा पनि उत्तिकै छ । महामारीकै रुपमा रहेको कोरनाले विश्वमा धेरैको ज्यान लिई सकेको छ भने, यसको संक्रमणबाट धेरै पिडित भएका छन् ।

यसको सम्क्रमणबाट बचाउन सवै देशले जनचेतना वृद्धि गर्ने औषधीजन्य सामाग्री वितरण तथा सजगताका उपायहरु अपनाएका छन् । हाम्रो देशमा पनि यो भाइरसको त्रास फौलिएको छ । राज्य, निजी तथा सार्वजनीक क्षेत्रहरु नागरिकलाई यसको सम्क्रमणबाट बचाउन हरसम्भव प्रयासमा जुटेका छन् ।

राज्यले तेश्रो खम्बाको रुपमा लिएको सहकारी क्षेत्रले पनि भरमजदुर प्रयास गरिरहेको छ । आम सर्वसाधारणलाई यसको सम्क्रमणबाट बचाउन सहकारी क्षेत्रले सचेतनाका कार्यक्रम गर्ने साबुन, माक्स, सेनीटाइजर निशुल्क वितरण गर्ने, सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने, आकस्मिक उपचारकालागि सहुलियत ऋण प्रवाह गर्ने, ऋणको ब्याज तथा हर्जानामा छुट दिने काम गरेर सहकारीको उदारता दर्शाएको छ ।

यसका साथै निशुल्क एटिएम सेवाका साथै सदस्यको हितलाई ध्यानमा राखि घर दैलो वित्तिय तथा अन्य सेवा पनि सहकारीले दिइरहेको अवस्था छ । यसैगरी सहकारी बैंकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा ११ लाख जम्मा गर्ने निणर्य गरेको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गरी इजाजत प्राप्त क देखि घ वर्गका वित्तिय संस्थाहरुलाई आंशिक भए पनि सेवा सुचारु गर्न निर्देशन दिएको थियो । तर त्यही वित्तिय कारोबार गर्ने सहकारीहरु भने अलमलमा परेका थिए । किनकी सहकारीलाई राष्ट्र बैंकको निर्देशन दिंदैन । सहकारीलाई नियमन गर्ने निकायहरुमा पनि अलमल थियो ।

पछिल्लो समय मूलुक संघिय संरचनामा गए पछि तीन तहले अनुगमन तथा निर्देशन गर्ने सहकारीहरुमा कसको निर्देशन आउने हो भन्नेमा अन्यौलता छाएको थियो । सहकारी मन्त्रालय, सहकारी विभाग तथा सहकारी अभियानका अभिभावक निकायहरु पनि नभएका हैनन् तर जिम्मेवार निकायहरुमापनि कस्तो निर्देशन गर्ने भन्नेमा निणर्य गर्न कठिन भएको देखियो ।

अभिभावक निकायको निर्देशन पर्खिएका सहकारीहरुले कत्तिले आत्तियर ९ गते देखिनै संस्था बन्द गरे भने, कत्तिले संस्थाको आफ्नै निर्णयमा आशिंक सेवा दिने निणर्य गरे । विषम् परिस्थिति भएकोले, बचत गर्ने भन्दा पनि स्वभाविक रुपमा बचत झिक्नेको संख्या र रकम वढ्यो नै त्यसैले पनि सहकारीहरु आत्तियको हुनसक्छ ।

राष्ट्रिय सहकारी महासंघको विज्ञप्ती लगत्तै विषयगत केन्द्रिय सहकारी संघ, जिल्ला सहकारी संघ तथा विषयगत संघहरुले आफ्ना सदस्य संघ तथा संस्थाहरुलाई सूचना तथा निर्देशन जारी गरेका थिए ।

ढिलोगरी आएको राष्ट्रिय सहकारी महासंघको निणर्यले सहकारीको सेवा अत्यावश्यकभित्र पर्ने भन्दै तरलताको अवस्था हेरेर आंशिक कार्यालय खोलेर भएपनि सदस्यलाई सेवा प्रदान गर्न निर्देशन दिएको थियो । ‘सहकारी संस्था सदस्यहरूको लागि सदस्यहरूकै व्यवस्थापनबाट सञ्चालित भएकाले समुदायप्रति समेत जिम्मेवार भइ सञ्चालन हुनु पर्छ, यस विषम परिस्थितीमा सदस्यहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न समेत तत्पर रहनु पर्दछ ।’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, महासंघले स्वास्थ्य सहकारी संस्थाहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न, उपभोक्ता सहकारीहरूलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्न आग्रह गरेको थियो । राष्ट्रिय सहकारी महासंघको विज्ञप्ती लगत्तै विषयगत केन्द्रिय सहकारी संघ, जिल्ला सहकारी संघ तथा विषयगत संघहरुले आफ्ना सदस्य संघ तथा संस्थाहरुलाई सूचना तथा निर्देशन जारी गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकले पनि सदस्य संस्थाहरूलाई अनावश्यक रकम संचित नगर्न अपिल गरेको थियो । बैंकले सदस्य सहकारीलाई आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पहल गर्ने समेत जानकारी दिएको छ । सदस्यहरुलाई तरलताको अभाव भइ सहकारीमा समस्या देखिन थालेपनि छाता संगठनमार्फत नै बचत फिर्ता गर्ने सीमासमेत तोकिएको थियो ।

जिल्ला सहकारी संघसहित लतिपुरका जिल्लास्तरीय संघहरूको संयुत्त बैठकले प्रतिदिन÷प्रतिसदस्य १० हजार रूपैयाँसम्म मात्र भुक्तानी गर्ने निर्णय गरेको थियो । संयुक्त बैठकले दैनिक २ घण्टामात्र कार्यालय सञ्चालन गर्ने समेत निर्णय गरेका छन् । बचत तथा ऋण सहकारीहरूको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सकेसम्म कम रकम निकाल्न र सहकारी बाहिरको तरलता प्रयोग गर्न अपिल गरेको छ ।

संघका कार्यालय नियमित रूपमा सञ्चालन हुने भएकाले अन्य क्षेत्रमा भएको तरलता प्रयोग गरी सहकारी संजालमा वित्तीय सुरक्षा कायम राख्न अपिल गरेको थियो । मूलुकमा ३५ हजार सहकारी संघसंस्थाहरु स्थापनामा देखिन्छन् । जनचेतना जागरण, उदारतामा अगाडी र सहकार्यमा सकृय रहेता पनि सहकारी क्षेत्रले वित्तिय जिम्मेवारीमा कमजोर भएको महसुस हुन नदिन सम्क्रमण कालको अन्यमा पनि सदस्यहरुको बचत फिर्ता दिन सक्ने गरी तरलताको ब्यवस्थापन गर्नुपर्ने अवस्था आएको जानकारहरु बताउँछन् ।



Leave a comment