- खिलानाथ दाहाल
विश्वमा महामारीकै रुपमा फैलिइदै गएको कोरोना भाइरसले हामीलाई सम्झाएको हाम्रै संस्कार, नमस्ते संस्कारलाई सहकारीहरुले हात हैन मन मिलाउ, कोरोनालाई भगाउ अभियान सुरु गरे पक्कै सफल हुन्छ की !
भनिन्छ, संस्कार जीवन र जगतको पहिचान हो । संस्कार शब्दको ब्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृअ धातुमा धर्य प्रत्यय लगाएर भएको छ । संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थी रुपमा प्रयोग गरिन्छ । संस्कार शब्दको अर्थ हो पूर्ण गराइएको, तलासिएको, परिष्कार गरिएको वा सफा गरिएको ।
संस्कारको अंग्रेजी समानान्तर शब्द हो कल्चर । यो कल्टबाट बनेको छ, यसबाट कृषि युग नै संस्कार र संस्कृतिको प्रारम्भ हो भन्ने स्पष्ट हुन्छ । कृषिको मूल शब्द पनि कृ हो, जसले क्रियालाई जनाउछ । यसरी संस्कृति र कल्चर दुवै शब्दको मूल एउटै हो । बोलीचाली, पहिरन, धर्म, संस्कृति, श्रम, उत्पादन, वैज्ञानिक आविष्कार, आर्थिक क्रियाकलाप, शिष्टाचार आदि मानवीय सभ्यताका परिचायक हुन् ।
यी कुराहरु मानिसहरुले आफ्ना नजीकका मानिसहरुसंगबाट सिक्छन् र सिकेका हुन्छन् । मनोवैज्ञानिक अनुसन्धानको क्रममा अनेक प्रकारका संस्कारहरुको आविष्कार भएको छ । जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरे पछि खिया नलाग्ने स्टील बन्दछ । मणिलाई तलासिए पछि चमक आउछ त्यसैगरी मानिसमा पनि संस्कारले त्यस्तै गुण आउछन् भन्ने विश्वास संस्कार दर्शनको छ ।
यहाँ कुरा गर्न खोजिएको हो, सहकारी संस्कारको । मानव सभ्यताको विकास संगै सहकारी संस्कारको पनि विकास भएको अनुमान गर्न सकिन्छ । किन भने, मानव सभ्यताका हरेक क्रियाकलाप सहकारी संस्कार भित्र पर्न जान्छन् ।
अव सहकारी संस्कार चाँही के हो त ? सहकारी संस्कारमा व्यक्ती, समुदाय अनि राष्ट्रको आवश्यकता पहिचान र कार्यन्वयन गर्ने सामुहिक संगठन हो, त्यसलाई फत्ते गर्ने सहकारी संस्कार हो । यो परापूर्व काल देखि चलि आएको पाइन्छ । समुदायको विकासमा र पहिचानमा सहकारी संस्कारको महत्वपूर्ण भूमिका हुन्छ भन्नुमा अत्युक्ती नहोला ।
सहकारी जागरणका तीन दशक सम्म सहकारीले बाटो बिराय पनि अहिले आएर सहकारीहरुले विस्तारै गन्तब्य समात्न थालेको पाइन्छ ।
किनकी सहकारीले त्यो समुह, समुदायको कला संस्कृति, रिती रिवाज धर्म, सम्प्रदाय वर्ग, क्षेत्र र विकास निर्माणमा योगदान दिंदै त्यसको संम्रक्षण र सम्वद्र्धन अनि जगेर्ना गर्छ । आफ्नो पहिचानलाई मर्न दिंदैन र दिएको छैन भने त्यहाँ सहकारी संस्कार मौलाएको छ । नेपालमा लिखितम् इतिहाँसलाई आधार मान्ने हो भने, धेरै लामो छैन, ६३ वर्षगाँठ मनाउँदै छ सहकारी अभियानले ।
तर पनि परापूर्व काल देखिनै पर्म, गुठी, धर्म भकारी सरसापट, औचो पैंचो नै सहकारी संस्कारको रुप हो । सहकारीले समुदायको आवश्यकताको पहिचान गरी त्यहीको कला सस्कृतिको संरक्षण र प्रवद्र्धन गनु पर्छ । सहकारीले जन्म मृत्यु देखि स्थानीय समुदायको पहिचान जोगाइ राख्न तल्लिन हुनु पर्ने हुन्छ ।
सहकारी जागरणका तीन दशक सम्म सहकारीले बाटो बिराय पनि अहिले आएर सहकारीहरुले विस्तारै गन्तब्य समात्न थालेको पाइन्छ । सदस्यको आर्थिक उपार्जनका साथ साथै सदस्यको घरमा बच्चा जन्मदा सुत्केरी भेट्न जाने, बच्चाको नाममा खुत्रुके वितरण गर्ने, नारी, बाल तथा बृद्धलाई बचत कार्यक्रममा सहभागि गराउने, तिर्थ, व्रत, भ्रमण गराउने, जन्मोत्सव देखि मृत्यु संस्कारमा सहकारीको सहभागिता हुनु, कला सकृतिको पहिचान र संरक्षणमा पनि सहकारी जुट्नु सहकारी संस्कार फेरी पलाउन थाल्नु हो ।
पछिल्लो समय सदस्यलाई संस्था संग निकट रहनकालागि कार्यालयमा पहिलो कारोबार गर्न आउने सदस्यले पानसमा वत्ति बालेर त्यो दिनको कारोबारको उद्धघाटन गर्ने लगाएतका धेरै खाले संस्कारिक प्रचलन सहकारीले गरेको देख्दा विर्सिएको संस्कार ब्युत्तिदै गएको हो भन्न सकिन्छ । बाताबरण सम्रक्षण, निर्माण कार्य, शिक्षा, रोजगार लगाएत जनचेतना जागरणमा पनि सहकारीहरु अग्रसर भएको पाइन्छ ।
बालक, युवा, महिला, वृद्ध लगाएतलाई सहकारीका हरेक कृयाकलापमा सहभागी गराएर गुम्दै गएको सहकारी संस्कारको पुनर्जन्म भएको हैन त ? अव भने विश्वमा महामारीकै रुपमा फैलिइदै गएको कोरोना भाइरसले हामीलाई सम्झाएको हाम्रै संस्कार, नमस्ते संस्कारलाई सहकारीहरुले हात हैन मन मिलाउ, कोरोनालाई भगाउ अभियान सुरु गरे पक्कै सफल हुन्छ की !
केही समय अगाडी भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमस्ते गर्नु राम्रो लागेको बताएका थिए । उनले भारतबाट सिकेको पनि बताए । हुन त उनलाई भारत भ्रमणमा रहँदा नमस्ते ट्रम्पको अभियाननै चलाएको थियो । तथापी हाम्रो देशमा ३५ हजार सहकारी, ६३ लाख सदस्य रहेको यो क्षेत्रले विश्वमा नमस्ते अभियान सफल बनाउन सक्छ र यो अभियान सफल हुँदा हम्रो संस्कारको पहिचान सफल हुन्छ ।
सहकारीको ऐक्यवद्धतामा नमस्ते संस्कार सहकारी संस्कार बन्न सक्छ । त्यसैले यसलाई सहकारी संस्कारमा जोड्न सहकारी शक्तिको सदुपयोग गरौं । कूल गाह्स्थ उत्पादनमा मात्र सहकारीको भूमिका खोजियो भने, हामीले सहकारी संस्कार विर्सर्दै जानेछौं । कि कसो त !
Leave a comment