संरक्षित पूँजी फिर्ता कोष सहकारीको सुन्दर पक्ष हो

संरक्षित पूँजी फिर्ता कोष सहकारीको सुन्दर पक्ष हो :: Sahakari Akhabar

सूर्य ध्वज न्यौपाने
अध्यक्ष : कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. काठमाण्डौं

सहकारीमा २० वर्षको अनुभव, नेतृत्वमा सफल संस्थाको पहिचान, सहकारीसंग नजिकबाट संगत, २०५७ सालमा ५० जना सदस्यबाट सुरु गरेको संस्थालाई विभिन्न आरोह अवरोह भोगेर हाल ८ हजार ६ सय सदस्यहरुमाझ पौने दुई अर्वको कारोबार  गर्न सफल र सबल संस्थाको पहिचान । पाँचवटा सेवाकेन्द्र, संस्थाको आफ्नै भवन, सदस्यलाई एसएमएस मोवाइल बैंकिङ सेवा, एटिम सेवा समेत प्रदान गरेको संस्थाका अध्यक्ष न्यौपाने, सदस्यलाई ब्याजको मात्र पछि नदौडन सल्लाह दिन्छन् । संस्था चिनेर कारोबार गर्न र सदस्य संधै चनाखो हुनुपर्ने बताउँछन् । सहकारीलाईनै कर्म बनाएका न्यौपानेसंग सहकारी अखवारले सहकारी सम्वाद गरेको छ ।

सहकारीलाई कसरी हेर्नु भएको छ ? 

यो एउटा सामुहिक ब्यवसायको पद्धती हो । जसलाई अन्तराष्ट्रिय सहकारी मूल्य मान्यता, शिद्धान्तले निर्दिष्ट गरेको हुन्छ । सहकारी ऐन कानुनलाई परिपालन गर्दै समुदायमा रहेको मानिसहरुलाई सहकारी पद्धतीमा आवद्ध गराएर, उनीहरुको आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तन गर्न सामूहिक रुपमा गरिने सेवा सहितको ब्यवसाय हो ।

सहकारी र अन्य वित्तिय संस्थाको फरक पनलाई सहकारीका सदस्यले कसरी हेरेको पाउनु भएको छ ?

सर्वप्रथमत सहकारी र अन्य वित्तिय संस्था बिच धेरै कुराको फरक छ । सहकारीले सदस्यमाझ मात्र कारोबार गरेको हुन्छ । सदस्यको ईच्छा, चाहना र आवश्यकताका आधारमा सहकारी अघी बढेको हुन्छ । सदस्य सिङ्गो संस्थाको मालिक हो भने अन्य वित्तिय संस्थामा उ ग्राहक मात्र हुन्छ । तर यही कुरा हामीले सहकारीका सदस्यलाई बुझाउन कमी भएको होकी भनने लाग्छ ।

किनकी वर्तमान अवस्थामा सदस्यले सहकारीलाई फितलो रुपमा हेरेको जस्तो लागेको छ । सदस्यहरु सहकारीले ब्याज धेरै दिने र सहजरुपमा ऋण दिने संस्थाको रुपमा मात्र हेरेको जस्तो लाग्छ । सहकारीमा सदस्यले ऋणमा गरेको योगदान, बचतमा गरेको योगदानका आधारमा अनि शेयरको आधारमा नाफामा पनि सहभागिता भएर लाभ पाइराखेको कुरा विर्सन्छन जस्तो लाग्यो ।

सदस्यले बचतमा ब्याज, सरल कर्जा, शेयरमा बोनस, पाएपछि पनि उसले बचत र ऋणमा वर्ष भरी गरेको कारोबारको आधारमा योगदानका आधारमा पनि फेरी संरक्षित पूँजी फिर्ताकोष मार्फत लाभ पाइन्छ भन्ने कुरा बुझाउन जरुरी छ । आर्थिक फाइदा त पाएकै हुन्छन् भने सामाजिक र सास्कृतिक कृयाकलापमा पनि सदस्यले विभिन्न लाभ पाएको हुन्छ । त्यो कुरा अन्य वित्तिय संस्थाबाट कहाँ पाइन्छ ? त्यसैले सहकारी र अन्य वित्तिय संस्थामा फरक छ । यो कुरा सहकारीका सदस्यले खै वुझेको ?

सहकारीलाई आम मानिसले अझै पनि विश्वास गर्न नसकेको हो ? तपाइलाई के लाग्छ ।

सहकारीलाई विश्वास नगरेको भन्न मिल्दैन, किनकी दिन प्रतिदिन सहकारीको संख्या बढेको छ, कारोबार पनि बढेको छ । केही छिटफुट घटनाले गर्दा प्रश्नचिन्ह आएको भएपनि विश्वास घटेको भने छैन् । बरु आकर्षण चाँही वढेको छ ।

सहकारी ऐनले मात्र पनि हामी कलकारखाना उद्योगमा जानलाई प्रयाप्त छैन् । अरु कानुनले रोकेको छ ती कानुनहरुसंग सहकारी ब्यवसाय गर्न मिल्ने कानूनको सहजीकरण राज्यले गरिदिएमा सम्भावना छ । राज्यले सहकारीबाट कस्तो ब्यवसायको अपेक्षा गरेको हो, त्यो अनुसारको नीति निर्माणमा सहजीकरण नगरेसम्म सहकारीलाई उत्पादनमा जाउ भन्नु भाषण मात्र हुनेछ ।

सहकारीमा कारोबार वढ्नु र सदस्य संख्या वढ्नुमा सहकारी जागरण बाहेक अन्य कारण पनि छन् की ?

मुख्यत सहकारी जागरणनै हो, त्यस पछि सहकारीको सरल र सहज सेवाका कारण पनि हो । सहकारीमा सरल ब्याजमा कर्जा र बचतमा ब्याज वढी पाइन्छ भनेर पनि हुनसक्छ । यसको आर्थिक पाटो मात्र जोडिएको छैन, सामाजिक कार्यले पनि सर्वसाधारण सहकारी प्रति आर्षित भएका हुन् । बरु अव सहकारीको संख्यात्मक विकास भइसकेकोले गुणात्मक विकासकालागि सरोकार वालाहरुले जोड दिने की ।

संस्थाले सदस्यलाई फरक / फरक ब्यवहार गर्छन भन्ने आरोप छनी ?

त्यस्तो हुन्छ भन्ने मलाई चाँही लाग्दैन र गर्नु पनि हुन्न । संस्थामा सवै सदस्यको समान हैसियत, समान दायित्व, समान अधिकार र समान कर्तब्य हुन्छ । सहकारी ऐन कानूनमै प्रष्ट उल्लेख गरिदिएको छ, समान ब्यवहार । सदस्यले संस्थामा गरेको योगदानको आधारमा प्रतिफल पाउँछ ।

जस्तो संरक्षित पूजी फिर्ता कोष, शेयर लाभांश, बचत तथा ऋण सुविधा, संगसगै जन्म देखि मृत्यु सम्मका सेवा सहकारीबाट पाएको हुन्छ भने । सदस्यलाई फरक ब्यवहार हुदैन र गर्न पनि हुन्न भन्छु म । सदस्य सकृय र जागरुक हुनु आवश्यक छ । संरक्षित पूजी फिर्ता कोष सहकारीको सुन्दर पक्ष हो यसले सहकारीमा सदस्यको आकर्षण वढाउँछ । सदस्यलाई यस बारे बुझाउनु र सदस्यले बुझ्नु जरुरी छ ।

वर्तमान अवस्थामा सहकारीका सदस्यहरुको आवश्यकता कस्तो छ ?

सहकारीका सदस्य र अन्य वित्तिय संस्थाका ग्राहक लगभग एकै हुन् । त्यही मानिस सहकारीको सदस्य पनि छ भने अन्य वित्तिय संस्थाको ग्राहक पनि छ । उसले अन्य वित्तिय संस्थाले दिएको सेवा सुविधा जस्तै सहकारीबाट पनि खोजिरहेको छ । किनकी मानिस सुविधाभोगी भइसकेका छन् । आधुनिक बनिसकेका छन्, घरमा बसी बसी सम्पूर्ण सेवाको उपभोग गर्न खोज्छ  । त्यसैले सहकारीहरु पनि अब सदस्यको आवश्यकतालाई हेरेर आधुनिक सेवा दिन तयार हुनु पर्छ ।

अन्य वित्तिय संस्थासरह सेवा सुविधा दिन नसके सहकारीहरु पछि पर्छन । सहकारीले सदस्यको माग अनुसारको सेवा दिन सकेन भने सदस्य ग्राहकमा डाइभर्ट हुने खतरा छ । मोवाइल बैंकिङ सेवा, एटिएम सेवा लगाएतका सेवा अवका सदस्यहरुको आवश्यकता बनिसक्यो । बरु सहकारीको आकार ठूलो बनाउनु पर्छ, यसको उत्तम उपाय मर्जर हो ।  सहकारीहरु मर्जमा जान आवश्यक छ । राज्य पनि नियन्त्रणमूखि मात्र हैन, सहकारीलाई ब्यवसायीक बन्ने हिसावमा सहयोगमूखी पनि बन्नु पर्छ भन्ने लाग्छ ।

सन्दर्भ ब्याजदरको असर के छ संस्थामा ?

कर्जाको ब्याजदरको सिलिङले कता कता असर त पुर्याउँछ । सिलिङ तोकिनु हुदैनथ्यो । यसले एक दुई वर्ष असर गर्न सक्छ । मूख्य असर सानो संस्थामा देखिन्छ किनकी संस्थाको लगानी र बचतमा सन्दर्भ ब्याजदर लागु हुनु भन्दा पहिलानै केही वर्षकालागि भनेर सम्झौता भइसकेको हुन्छ । अव त्यो कुरा सदस्यले स्विकार्न सक्ने अवस्था छैन । यसले संस्थाले दिने नाफामा पनि असर पर्छ । यसलाई अलीकती समयको सिमा राखि दिएको भए राम्रो हुने थियो । हाम्रो सन्दर्भमा भन्ने हो भने हामीले पूर्णरुपमा सन्दर्भ ब्याजदर लागु गरेका छौं ।

सहकारीमा ठूलो भोल्युमको कारोबार छ जस्तो लाग्दैन । दुई / चार अर्वको कारोबारमा कालो धन मिसिएको छैन होला भन्ने मलाई लाग्छ । सहकारीका अनुगमन र नियमन निकायहरुले हेरीरहेका छन्

सहकारी ब्यवसाय किन सफल नभएका होलान ? सहकारी उत्पादनमा जानु पर्छ भनिएको छनी 

अहिले बचत तथा ऋणको हकमा संस्थाले बचत तथा ऋणकोनै कारोबार गर्ने हो यसमा समस्या आएन । यसले सदस्यलाईनै ब्यवसायी बनाउने हो । अरु उद्देश्य राखेर जति पनि संस्था स्थापना भएका छन्, ती संस्थाहरुले उद्देश्यअनुसारको कार्य गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । किन भने सहकारी ऐन कानुनले सहकारी उत्पादनमा जानु पर्छ भने पनि अन्य कानूनहरु बाधक छन् । त्यसले सहकारी मोडलको ब्यवसाय हुन सकेको छैन् ।

केहलिे देखासेखीमा गरेका भए पनि त्यो सफल हुन सकेको छैन । कुनै अध्यान अनुसन्धान बिनै सुरु भएका सहकारी ब्यवसाय, एउटाले जे गर्यो अर्कोले पनि त्यही गर्ने चलनले सहकारी ब्यवसाय सफल नभएका हुन् । एउटा असफल हुने वित्तिकै अरु पनि त्यही संगै डुब्छन् । ब्यवसायीक क्षमताको अभाव, देखासेखिले गरेको ब्यवसायसफल हुँदैन । अर्को कुरा नेपालमा सहकारी व्यवसायको प्राक्टिसनै भएको छैन । ब्यवसाय सफल हुन, ऐन, नियम, कानून, ब्यवसायीक दक्षता, सिप, प्रविधिको प्रयोग र ज्ञान पनि आवश्यक छ ।

लार्ज स्केलमा सहकारी ब्यवसायको सम्भावना कत्तीको छ ?

एउटै संस्थाले सम्भावना कम छ । किनकी सहकारीको लगानी हाई रिक्स छ । धेरै संस्थाहरु मिलेर विशिष्टिकृत संघ मार्फत जानसके सम्भावना छ, तर हाम्रो सहकारी ऐनले मात्र पनि हामी कलकारखाना उद्योगमा जानलाई प्रयाप्त छैन् ।

अरु कानुनले रोकेको छ ती कानुनहरुसंग सहकारी ब्यवसाय गर्न मिल्ने कानूनको सहजीकरण राज्यले गरिदिएमा सम्भावना छ । राज्यले सहकारीबाट कस्तो ब्यवसायको अपेक्षा गरेको हो, त्यो अनुसारको नीति निर्माणमा सहजीकरण नगरेसम्म सहकारीलाई उत्पादनमा जाउ भन्नु भाषण मात्र हुनेछ ।

सहकारीमा सम्पत्ती सुद्धिकरण निवारणको कुरा आइरहेको छ के भन्नु हुन्छ ?

सहकारीमा सम्पत्ति सुद्धीकरण निवारणको जोखिम छैन होला भन्छु म, किनकी सहकारीमा ठूलो भोल्युमको कारोबार छ जस्तो लाग्दैन । दुई / चार अर्वको कारोबारमा कालो धन मिसिएको छैन होला भन्ने मलाई लाग्छ । सहकारीका अनुगमन र नियमन निकायहरुले हेरीरहेका छन् । हाम्रो पक्षमा भन्नु पर्दा हामी विगत दश वर्ष देखि राष्ट्र बैंकलाई नियमित बिबरण बुझाएका छौं । मलाइ सहकारी पारदर्शी हुनु पर्छ र छन् पनि भन्ने लाग्छ ।




Leave a comment