काठमाडौ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखिकरण तथा बर्गिकरणकालागि सहकारी नियमन प्राधिकरणले समय थप गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाई प्राधिकरणले अभिलेखिकरण गर्न आगामी असार मसान्तसम्मको समय थप गरेको हो ।
प्राधिकरणले अन्तिम पटक चैत १७ गतेसम्म पुर्याएको थियो । हालसम्म प्राधिकरणमा ११ हजार ७७७ संस्थाले मात्र आवेदन दिएका छन् । प्राधिकरणले सहकारी (पहिलो संसोधन) ०८३ र प्राधिकरणको निणर्य अनुसार संचालन अनुमतिको म्याद थपगरेको जनाएको छ ।
प्राधिकरणले कूल कारोवारको ५० प्रतिशत भन्दा वढी वचत तथा ऋणको कारोबार गर्ने वा २५ करोड भन्दा वढी वित्तीय कारोवार भएका सम्पूर्ण सहकारी संस्थाहरुलाई सञ्चालन इजाजत लिन म्याद थप भएको जनाएको छ । प्राधिकरणले जेठ ७ गते देखि सञ्चालन अनुमति दरखास्त दिने अन्तिम मिति असार ३२ गतेसम्म रहेको जनाएको हो ।

Leave a comment