हाइलाइट

झापाको कर्णाली साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध

झापाको कर्णाली साकोस प्राधिकरण र कर्जा सूचनाकेन्द्रमा आवद्ध :: Sahakari Akhabar

काठमाडौं । बिर्तामोड ४ झापामा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्रबाट सदस्यता प्राप्त गरेको छ । कर्णाली साकोसले प्राधिकरणबाट पुष २३ गते संचालन इजाजतपत्र प्राप्त गरेको हो भने सूचना केन्द्रमा माघ २१ गते आवद्ध भएको हो ।

संस्थाले प्राधिकरणबाट इजाजतपत्र नं २०५७–००१५९ प्राप्त गरेको छ । त्यसैगरी कर्जा सूचनाकेन्द्रबाट सिओपी ३० दर्ता नं प्राप्त गरेको हो । कर्जा सूचनाकेन्द्रमा दर्ता भएसँगै संस्थाबाट प्रवाह हुने ऋणसम्बन्धी विवरण प्रचलित कानुन तथा नियमावली बमोजिम उक्त केन्द्रमा अद्यावधिक हुने र यस प्रक्रियाले वित्तीय अनुशासन, पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुग्ने संस्थाले जनाएको छ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा, सुनसरीमा दर्ता रहेको यस संस्थाको कार्यक्षेत्र झापा जिल्लाभर, उर्लाबारी नगरपालिका, मिक्लाजुङ्ग गाउँपालिका, रतुवामाई नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, सुनवर्सी नगरपालिका, सुन्दरहरौंचा नगरपालिका र इलाम जिल्लाको रोङ्ग गाउँपालिका, सूर्योदय नगरपालिका, माइ नगरपालिका र चुलाचुलि गाउँपालिका रहेको छ।

प्राधिकरणबाट इजाजतपत्र लिएसँगै संस्था कर्जा सूचना केन्द्रमा समेत आवद्ध भएको हो । अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरु प्रदान गर्ने केन्द्रले जनाएको छ । ६३ हजार ५२४ कूल सदस्य तथा १५ हजार ५३१ जना ऋणी सदस्य रहेको संस्थाको ५८ करोड ४६ लाख ८६ हजार शेयर पूँजी रहेको छ।

१५ करोड ९० लाख ३१ हजार जगेडा कोष रहेको संस्थामा १५ करोड ४८ लाख ९८ हजार अन्यकोष रहेको छ । त्यसैगरी कुल संस्थागत पूँजी १८ करोड १० लाख २८ रहेको संस्थाको ५ अर्ब ३ करोड ४० लाख १७ हजार कूल सम्पति रहेको जनाइएको छ । संस्थाले पुष मसान्तसम्म ३ अर्ब ८१ करोड ८९ लाख  ९१ हजार बचत संकलन गरी ४ अर्ब १४ करोड ११ लाख २८ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थाका ४१ वटा सेवाकेन्द्रहरु रहेका छन् ।



Leave a comment