काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी संकल्पपत्र सार्वजनिक गरेका हुन्।
संकल्पपत्रमा सहकारी तथा लघुिवत्त क्षेत्रमा देखिएको संगठित ठगी विकृति विसंगतिको नियन्त्रण र बचतकर्ताहरुको बचतलाई सुरक्षित गरी उत्पादनमूलक र रोजगारी सृजना गर्ने काममा लगाइने छ ।
संगठित ठगीबाट पिडित भएका सर्वसाधारणको निक्षेप रकम उठाउने, भराउने र राहत प्रदान गर्ने कार्य गरिनेछ । त्यसैगरी राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानले उठाएका सहकारी लघुवित्त, बैंकलगायत वित्तिय क्षेत्र सम्वन्धि विषयलाई गम्भिरतापूर्वक ग्रहण गर्दै तत्काल छानविन तथा सुझाव आयोग गठन गरी स्थायी समाधान गरिने जनाएको छ ।
Leave a comment