१४ हजार ६१३ जना कूल सदस्य तथा ७३२ जना ऋणी सदस्य रहेको संस्थाको ५ अर्ब ५९ करोड २४ लाख १८ हजार ऋण लगानीमा रहेको छ । त्यसैगरी संस्थामा ४५ करोड १५ लाख ६० हजार शेयर पूँजी, ४४ करोड ९३ लाख ५ हजार जगेडा कोष र ९ करोड ५९ लाख ९२ हजार अन्य कोष रहेको छ । ७ अर्ब ६९ करोड २३ लाख ७४ हजार बचत रहेको संस्थाको कूल सम्पत्ति ९ अर्ब ८८ करोड ५ लाख ७६ हजार रहेको छ।
काठमाडौं । कान्तिपथ काठमाडौमा मुख्य कार्यालय रहेको आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको इजाजतपत्र र कर्जा सूचना केन्द्रको सदस्यता लिएको छ । संस्थाले माघ १ गते नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको हो भने कर्जा सूचना केन्द्रमा माघ २० गते आवद्ध भएको हो ।
नेपालभर कार्यक्षेत्र रहेको आइएमई को–अपरेटिभले प्राधिकरणको इजाजतपत्र नं.२०६७–०१८९० प्राप्त गरेको छ भने सूचनाकेन्द्रले सिपी ०००४५ दर्ता नं. प्रदान गरेको छ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनिवार्यरुपमा प्राधिकरणबाट संचालन इजाजतपत्र लिनुपर्ने र कर्जा सूचनाकेन्द्रमा आवद्ध हुनुपर्ने सहकारी ऐनले व्यवस्था गरेको छ ।
बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था पहिला प्राधिकरणमा दर्ता भएपछि मात्र कर्जा सूचनाकेन्द्रको सदस्यता पाउने व्यवस्था सरकारले गरेको छ । सोही अनुरुप यस सहकारी संस्था दुवै निकायमा दर्ता भएको हो ।
कर्जा सूचनाकेन्द्रको सदस्यता लिएपछि सहकारीहरुले पनि कर्जा माग गर्ने सदस्यहरुको आर्थिक क्रियाकलापको अध्ययन एवम् विश्लेषणमा सहज हुनुका साथै सहकारीबाट ऋण लिएर नतिर्ने र लामो समयदेखि भाखा नघाएर बस्ने ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेतका प्रकृया अगाडी बढाउन सकिने भएको आइएमई को–अपरेटिभ सर्भिसका सूचना अधिकारी रामप्रसाद पौडेलको भनाई छ।
सहकारीहरुले पहिला देखिनै माग गर्दैआएको विषय हो कर्जा सूचनाकेन्द्र, सहकारी ऐनमै पनि व्यवस्था भएकोले, ढिलै भएपनि आएको छ, अब काम गर्न सहज हुन्छ । उनले भने, ‘सहकारीको पैसा अपचलन गर्नेहरुले सहकारीलाई हल्का रुपमा लिनुका साथै वित्तीय अनुशासनमा समेत नबसेको अवस्था थियो, अब सदस्यहरु सचेत हुनुपर्ने, सहकारीलाई हल्कारुपमा लिन नहुनेमा उनले जोड दिए ।
साथै १४ हजार ६१३ जना कूल सदस्य तथा ७३२ जना ऋणी सदस्य रहेको संस्थाको ५ अर्ब ५९ करोड २४ लाख १८ हजार ऋण लगानीमा रहेको छ । त्यसैगरी संस्थामा ४५ करोड १५ लाख ६० हजार शेयर पूँजी, ४४ करोड ९३ लाख ५ हजार जगेडा कोष र ९ करोड ५९ लाख ९२ हजार अन्य कोष रहेको छ । ७ अर्ब ६९ करोड २३ लाख ७४ हजार बचत रहेको संस्थाको कूल सम्पत्ति ९ अर्ब ८८ करोड ५ लाख ७६ हजार रहेको जनाइएको छ।
पछिल्लो समय सरकारले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य गरेपछि सहकारीहरुले केन्द्रको सदस्यता लिन चासो देखाएका छन् । सहकारीमा सदस्य तथा संचालकहरुले सहकारीको पैसा अपचलन गर्दा, संस्थामा खराब कर्जाको मात्रा बढदै गएपछि, सरकारले सहकारीलाई सूचनाकेन्द्रमा जाने व्यवस्था गरेको हो ।
कर्जा सूचनाकेन्द्रले सहकारीलाई पनि आवद्ध गराउने भएपछि अहिले सहकारीहरु सूचनाकेन्द्रको सदस्यताको लागि चासो देखाउन थालेका छन् । सहकारीले कर्जा सूचनाकेन्द्रको सदस्यता पाएपछि अन्य बैंक वित्तीय संस्थाले जस्तै सूचनाकेन्द्रको सेवा लिनपाउने छन् । सहकारीहरु कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचनाकेन्द्रले सहकारीलाई पनि ‘अन्य बैंक र वित्तीय संस्था सरह कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्छ ।
यसप्रकार सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि सूचना केन्द्रसंग मिलेर बैंक वित्तिय संस्थाले जस्तै सहकारीका ऋणी सदस्यका बारेमा जानकारी दिने र ऋण लिने सदस्यको बारेमा जानकारी लिन सक्नेछ । बैंक वित्तिय संस्थाले जस्तै सहकारीले पनि काम गर्न पाउनेछन् । सूचना केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो ।
यस अघि नै सहकारी बैंकसहित ५ वटा सहकारी सूचना केन्द्रमा आवद्ध भइसकेका छन् । केन्द्रको पछिल्लो सूचना पछि लगभग ३० वटा सहकारीले सदस्यता लिइसकेका छन् भने अन्य सहकारीहरु पनि प्रकृयामा रहेको जनाइएको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि मंसिर १० गतेबाट अनलाइन पोर्टल सुरु गरेको थियो ।
प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरी आवद्धताका लागि आव्ह्वान गरेको हो । संस्था अभिलेखिकरणका लागि प्राधिकरणले पुनः समय थपगरी फागुन ११ गतेसम्म पुर्याएको छ । प्राधिकरणमा हाल ३१० वटा संस्थाले मात्र संचालन इजाजतपत्र पाएका छन् भने लगभग ४ हजार ५ सय जती संस्थाले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।
Leave a comment