बैंकको संचालकमा नितान्त सहकारीकर्मी चयन गर्नुपर्छ
प्रेम सिंह भाट
अध्यक्ष ( कंचनपुर बहुउद्देश्यीय सहकारी संघ)
राष्ट्रिय सहकारी बैंकको २२औ बार्षिक साधारण सभा मंसिर ६ गते सम्पन्न भएको छ र पुष १२ गते निर्वाचन पनि हुनगइरहेको छ । अवको नेतृत्वले सहकारीहरुको आर्थिक कारोबारलाई नितान्त ब्यवसायिक पारदर्शि र हरेक प्रदेशबाट ति प्रदेशका सदस्यहरुले मात्र निर्वाचित गर्ने गरि प्रतिनिधित्व हुनु पर्दछ ।
२०५० देखि २०८० सम्म राष्ट्रिय सहकारी महासंघ, नेफस्कून, सहकारी बैंकमा उहि पुराना अनुहार जसले सहकारीको राजनिति पटक पटक लामो समयसम्म गरे ।
तिनलाई बिश्राम गरि बैंकमा नितान्त सहकारीमात्र लागेका, सहकारीका प्रबन्ध, ब्यबस्थापक अनि कार्यकारि प्रमुखहरुलाई संचालकमा ल्याउनु पर्दछ ।
राजनैतिक दलको टिकट पाए जनप्रतिनिधि बन्ने नपाए सहकारीको राजनिति गर्नेले सहकारी भित्रको, सहकारीका सदस्यहरुको समस्या नबुझने, न सरकारको निति जान्ने न त कार्यान्वयन नै गर्ने हुन्छ ।
सहकारीको खोल ओडेर आफ्ना निजि ब्यबसाय फस्टाउने, ति ब्यक्तित्व सहकारी कर्मिहुन कि, निजि क्षेत्रका ब्यवसायि हुन कि राजनितिकर्मि ? यसको फरक पहिचान अब सहकारी बैंकको निर्वाचनले गर्नुपर्दछ ।
अझ भन्ने हो भने अहिलेको बर्तमान अवस्थामा राष्ट्रिय सहकारी महासंघले सरकारसंग लबिङ्ग गरोस यहा राजनैतिक प्रतिनिधि आवश्यक होला, नेफस्कून तालिम सेन्टरको रुपमा काम गरोस अनि सहकारीहरुको सम्पुर्ण बैङ्किङ्ग कारोबार राष्ट्रिय सहकारी बैंकबाट मात्र गर्न गराउन सक्ने नेतृत्व चाहिन्छ ।
यदि नेफस्कून वा बहुउद्देश्यीय संघ वा साना किसान कृषि सहकारीहरु कारोबार आफ्ना बिषयगत सहकारीसंग गर्ने । राजनिति गर्न मात्र बैंकको सदस्यता लिएका छन धेरैले यो पनि बन्द गर्न सक्ने नेतृत्व आवश्यक छ ।
अहिले प्रारम्भिक सहकारीका संचालकलाई मात्र बैंकको समितिमा निर्वाचनमा उम्मेदवारी दिन पाउने र ब्यवस्थापकलाई मतदाता मात्र बनाउने खेल सुरु गरेका छन भन्ने आएको छ ।
निर्वाचनमा जो प्रतिनिधि मत दिन वा चुन्न पाउने योग्य छ उ प्रतिनिधि चिनिन पनि योग्य हुन्छ भन्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त हो भन्ने कुरा यो साधारण सभामा बुझाउन अति आवश्यक भएको छ ।
Leave a comment