समाज र सहकारी एक अर्काका पर्यायवाची भएकाछन् । समाजले सहकारी बनाउछ वा सहकारी आफैमा समाज हो । हरेक समाजमा कुनै न कुनै प्रकारका सहकारी छन् । चाहे औपचारिक वा अनौपचारिक सहकारी नै किन नहुन । सहकारीहरु कस्ता छन भन्ने बारेमा चर्चा गर्दा समाज वा त्यो समाजका सदस्य जस्ता छन्, सहकारी पनि त्यस्तै छन् ।
जागरुक, जिज्ञासु र तुलनात्मक रुपमा चनाँखो सदस्यहरुको सहकारी समाज पनि तुलनात्मक रुपमा सचेत र जवाफदेही बन्छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहँदै सदस्यको बचत संरक्षणलाई प्राथमिक कर्तब्य र ऋण सेवालाई गौण तर अति मसिनो गरि केलाएर लगानी गर्ने संस्थाहरुमा समस्या कम छन् ।
सहकारीले सदस्यलाई अधिक नाफाको लोभ होइन, सम्मान र आत्मगौरव साथ वित्तिय सेवा लिने निकायको रुपमा स्थापित र विस्तार गर्दा सहकारीको अहिलेको समस्या निम्तीदैन । सहकारी सञ्चालक षडयन्त्रकारी भएर सदस्यहरुलाई लोभको पोखरीमा शयर गराउन थाले भने समस्या शुरु भइसकेको हुन्छ ।
सहकारीमा अहिले ४ खालका मानिसको नेतृत्व छ, एकथरी छन जो सहकारीको मूल्य मान्यता, आदर्श र यसको सिद्धान्तका बारेमा वास्ता छैन, निजी ब्यवसाय सरह चलाएको छ, सहकारीका सदस्यहरु उसका ग्राहक हुन, सार्वभौम सदस्य होइनन । उ आफै सहकारीको मालिक हो, वा आफ्ना खास मान्छे सञ्चालकका रुपमा नियुक्त गरेर आफु ब्यवस्थापनको हर्ताकर्ता बनेको छ ।
सहकारीको आवरणमा उसले गर्नु नगर्नु गर्छ, तर आवरण सहकारीको राखेको छ । यसले स्थानीय शक्ति केन्द्रहरु लाई आर्थिक सहयोग चन्दा पुरस्कार भ्रमण, मायाको चिनो, आसन ग्रहण गराउछ, नियामक निकायका अधिकारीहरुको अभावलाई ख्याल गर्छ, अलिअलि भरथेग गर्छ र अन्तमा बचतकर्तालाई जिल्लाराम पारेर भाग्छ । स्वार्थ एवं कलुषित भावनाले सहकारी आवरणमा सदस्यको रकम अपचलन गर्छ । अहिले बढि समस्या देखिएको यस्तै सहकारीमा हो ।
अर्को आशनग्रहण जमात छ, उसलाई जसरी पनि पद चाहिएको छ, पदासिन हुनु नै गौरव र हैसियतको सोपान चढेको महसुस गर्छ । सहकारीको मूल्य मान्यतामा चासो छैन । बचत संकलन गर्ने, लगानी गर्ने, नाफाका नाममा दृष्य अदृष्य प्रकारले धेरै रकम लाभांस वितरण गर्ने ।
उसको पालोमा भन्दा मेरो पालोमा धेरै बाँड्नु पर्छ भन्ने अहंकारमा सदस्यको बचतको ब्याज समेत झिकेर बोनस भन्दै बाड्ने र संस्थाको वित्तिय स्वास्थ्य र त्यसका सूचकहरुका बारेमा पटक्कै जान्न नखोज्ने र अन्तत संस्थालाई संस्थागत पूजिको अभावमा अप्ठेरोमा पार्नेहरु पनि यो समूहमा पर्छन ।
सहकारीमा कोहि संस्थागत सदस्य र कोहि कारोवारी सदस्य बनाउने र दोहरो हिसाव राख्ने समेतको कार्य गर्छ । स्थानीय दलहरु, संघ संस्था वा भेटेसम्मका सबै पदहरुमा उसले आफ्नो नाम लेखाउन प्रयास गर्छ, विद्यालय, मन्दिर, खानेपानी, सिचाई, सामुदायिक बन, दलका स्थानीय इकाइहरु, अनेक ठाउमा उ भेटिन्छ ।
सहकारीलाई बचाइ राख्ने, सहकारीको मूल्य, मान्यता र आदर्शलाई अनुशरण गर्दै अगाडि बढ्नका लागि सहकारीमा अझै बढि सुझबुझ, इमान, नैतिकता, ज्ञान सीप र जिज्ञासायुक्त सञ्चालकहरुको खाँचो छ । सिकाइ, अध्ययन, खोजी र त्यस प्रतिको चिन्तनले मात्र हामीमा ती गुणहरु प्राप्त हुनेछन ।
तर कुनै पनि पदलाई न्याय गर्दैन वा भ्याउदैन । आशन ग्रहण, माला, खादा, भ्रमण र मायाको चिनो लिनु र दिनुमा सहकारी फस्टाएको ठान्छ । तर सहकारीको आन्तरिक सुशासन, प्रवन्ध, पद्धतिको बारेमा उसको चासो हुदैन ।
आफैले नेतृत्व गरेको सहकारी कता अभिमुख भएको छ, हुनु पर्ने के थियो वा के हुनु पर्ने भन्ने बारेमा वास्ता पनि गर्दैन, एउटा सहकारीमा पदावधि सकिए तुरुन्तै अर्को सहकारीमा पुगेर एउटा पद हात पार्छ र आफैलाई गौरवान्वित महसुस गर्छ ।
सहकारीमा अर्को नेतृत्व पनि छ, जो मन र आफ्नै कर्मको इमान्दार छ । सहकारीमा बदमासी गर्नु हुदैन, सबैको भलो गर्नुपर्छ भन्ने सोच्दछ, तर उनीहरुलाई अहिलेको सहकारीको चुनौति र त्यसबाट पार पाउने कुराको बारेमा यथेष्ट ज्ञान छैन । संस्थामा सफ्टवेयर राखेको होला, तर त्यसमा छेडखानी हुन सक्ने कुराको बारेमा जानकारी छैन ।
बदनियत भएको कर्मचारीले कसरी कसरी बदमासी गर्न सक्छ भन्ने पनि थाहा छैन, जोखिमका क्षेत्र के के हुन भन्ने थाहा छैन । सिक्न चाहने र सिक्न सक्ने क्षमताको पनि सिमा छ, त्यस माथि जान सक्दैन । यस्तो निश्वार्थ तर सरल जमातलाई कर्मचारीले फसाएर दुख दिएका धेरै उदाहरण छन । संस्थाको वित्तिय विष्लेषण गर्न नजान्दा र अरुलाई अति विश्वास गर्दा नखाएको विषले आक्रान्त भएका धेरै सहकारी सञ्चालकहरु भेटिन्छन ।
सहकारीमा अर्को जमात पनि छ, जो सहकारीलाई साँच्चैको सहकार्यका रुपमा रुपान्तरण गर्न चाहन्छ । सहकारीको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्न निरन्तर प्रयास गरिरहन्छ । पदलाई हैसियत होइन कि सदस्य प्रतिको जिम्मेवारी वा कर्तब्य हो भन्ने ठान्दछ ।
संस्थाको शक्ति सदस्यबाट निसृत हुन्छ भन्ने बोध गर्दछ । सदस्यलाई अदृष्य र कमसल नाफा होइन स्तरीय सेवा दिनु पर्छ भन्ने ठान्दछ । संस्थालाई ब्यवस्थित र सबल बनाउनु पर्छ, सञ्चालक र कर्मचारीहरु सदस्यहरु प्रति जवाफदेही बन्नु पर्दछ भन्ने आदर्शबाट प्रेरित हुन्छ, सदस्यको सेवा र संस्थाको टेवाका लागि विभिन्न योजना बनाउने र कार्यान्वयन गर्ने गर्दछ, सदस्यको बचतको सुरक्षालाई सदैव प्रमुख दायित्व र कर्तब्य ठान्दछ, त्यस्तो जमातले सहकारीको आत्मालाई बचाइ रहेको छ ।
देशभरिमा विभिन्न प्रकृतिका हजारौ सहकारीमा यो प्रबृत्ति यथेष्ट संख्यामा रहेको छ र सहकारी अझै पनि जिवित छन । आजको समाज हिजोको जस्तो सरल समाज छैन । मानिसहरुका आर्थिक सम्बन्ध विगतमा जस्तो सहज र ब्यवस्थित समेत छैन ।
सामाजिक सम्बन्धहरु जटिल बन्दै गएका छन् । सहकारीहरु नै विगतमा जस्तो सानो तिनो गर्जो टार्ने संयन्त्रको रुपमा रहेनन् । सहकारी अहिले समाज, आर्थिक सम्बन्ध र आधुनिकताका कारण जटिल विषय बन्दै गएको छ ।
यो जटिल परिवेशमा सहकारीलाई बचाइ राख्ने, सहकारीको मूल्य, मान्यता र आदर्शलाई अनुशरण गर्दै अगाडि बढ्नका लागि सहकारीमा अझै बढि सुझबुझ, इमान, नैतिकता, ज्ञान सीप र जिज्ञासायुक्त सञ्चालकहरुको खाँचो छ । सिकाइ, अध्ययन, खोजी र त्यस प्रतिको चिन्तनले मात्र हामीमा ती गुणहरु प्राप्त हुनेछन । असल र इमान्दार भएर मात्र हुदैन, असल र इमान्दारिता सहित ज्ञान, जानकारी, सूचना र सीपयुक्त हुनु अत्यावश्यक छ ।
Leave a comment