ल्या sss ज्या...

ल्या sss ज्या... :: Sahakari Akhabar

सहकारी लघुकथा...

सहकारी बैंकको चुनाव हुनेभएछ, मन सझा गर्ननसक्नेले एजेण्डा सझा गर्ने सहमती गरेछन् । सहकारीमा राजनीति बन्द, दलको हस्तक्षेप निषेधलाई साझा एजेण्डाका रुपमा मञ्जुरी भएछ ।

संसाँझै तीनदलका नीतजना भेला भएछन्, तीन तिरबाट उमेदवार हुने सहमती गरेछन् । एकजना पूर्व तिरबाट उठ्ने, अर्को पश्चिम तीरबाट र अर्कोलाई मध्यभाग परेछ।

पूर्वको भागबाट कांग्रेसी सहकारीकर्मीले कब्जा हान्ने, माओबादीलाई मध्यभागका लागि मनाएछन् र एमालेलाई पश्चिममा पुर्याउने र बाँकीलाई बाइकट् गर्ने साझा एजेण्डा तय भएछ ।

साझा एजेण्डामा केही हनुमन्तेहरुले होमा, हो मिलाएछन् । ठेकेदारको जस्तै ठेक्का पाएपछि सहकारीमा चुनाव जित्ने दाउपेचकालागि दलको दस्तावेज दर्ज गराउने दामी आइडिया फुरेछ।

दलले पनि दलदलमा फस्नेगरी दस्तावेज जारी गरिदिएछ । दानपत्रमा दलका सहकारी दलाललाई मत दानगर्न दलले दिएको निर्देशनलाई मतदाताले दनक दिएपछि । तीनैदलका साझा उमेदवारहरु भन्दै थिए, सहकारीमा राजनीतिकरण भयो, दलले सिण्डिकेट गर्यो, हस्तक्षेप भयो ।



Leave a comment