सहकारीको समसामयिक नेतृत्वः

चाप्लुसी होइन, यथार्थ र निष्ठाको खडेरी

सहकारीको समसामयिक नेतृत्वः :: Sahakari Akhabar

र्तमान समयमा सहकारी क्षेत्र विविध चुनौती र तरल अवस्थाबाट गुज्रिरहेको छ । शेयरधनी र बचतकर्ताको विश्वास जित्दै सहकारी अभियानलाई सही दिशा दिनु आजको मुख्य चुनौती हो । यस्तो परिस्थितिमा संस्था हाक्ने नेतृत्व केवल पद पाउनका लागि मात्र होइन, संस्था र सदस्याको हितका लागि समर्पित हुनुपर्छ ।

यही पृष्ठ भुमिमा आजको सहकारी आन्दोलनले खोजेको र अनुभुत गरेको एउटा वास्तविक नाम हो रामशरण शर्मा घिमिरे । भनिन्छ, सहकारीको आत्मा भनेकै सहकार्य, इमान्दारिता र पारदर्शिता हो । तर विडम्बना, पछिल्लो समय केही ठाउँमा नीति र सिद्धान्त भन्दा पनि फगत झुण्ड र गुटबन्दीको संस्थागत स्थापना गर्ने गलत प्रवृत्ति मौलाउँदै गएको देखिन्छ ।

बाहिर बाहिर राम्रो देखाउने तर भित्रभित्र संस्थालाई कमजोर बनाउने चाप्लुसी र गुटगत राजनीति आजको आवश्यकता कत्ति पनि होइन । आजको आवश्यकता त यथार्थ धरातलमा उभिएर काम गर्ने कुशल सारथिको हो। उहाँलाई नजिकबाट चिन्नेहरू उहाँलाई एक कुशल सहकारी कर्मी, मृदुभाषी र सरल व्यक्तित्वका रूपमा लिने गर्छन् ।

उहाँको यही सरलता र व्यवहारिकताले नै संस्था र आम सदस्यहरू बीच बलियो विश्वासको वातावरण सिर्जना गर्न सक्छ । सहकारीलाई सही ढंगले बुझेको र यसको मर्म आत्मसाथ गरेको व्यक्ति जब नेतृत्वमा पुग्छ, तब मात्र समग्र सहकारी जगतको हित सम्भव हुन्छ । घिमिरे जस्तो उपयुक्त पात्रले संस्थाको नेतृत्व पाउनु भनेको केवल एउटा पद पुर्ति हुनु मात्र होइन, बरु संस्थाले सही मार्ग निर्देशन र नयाँ उचाई प्राप्त गर्नु हो।

आजको आवश्यकताः यथार्थता कि चाप्लुसी ?

सहकारीमा अब गफ र आश्वासनको जगमा टिकेको नेतृत्व चल्न सक्दैन । हामीलाई यस्तो नेतृत्व चाहिएको छ जसले गुट र झुण्ड भन्दा माथि उठेर साझा हितका लागि काम गरोस् । भ्रामक चाप्लुसीलाई भन्दा ठोस यथार्थ र परिणाममुखी कार्यलाई प्राथमिकता दिइयोस् । संस्थाका हरेक सदस्यका समस्यालाई मृदुभाषी र सरल शैलीमा सुन्न र समाधान गर्न सकोस् । रामशरण शर्मा घिमिरेमा रहेका यी गुणहरूले उहाँलाई वर्तमान समयको एक अपरिहार्य नेतृत्वका रूपमा उभ्याएका छन् ।

अन्तमाः

सहकारी बचाउन र यसलाई मर्यादित बनाउन अब योग्य व्यक्तिलाई अघि सार्ने बेला आएको छ । फगत झुण्डहरूको स्वार्थसिद्ध गर्ने थलो सहकारी बन्नु हुँदैन । त्यसैले, स्पष्ट दृष्टिकोण भएका कुशल सहकारीकर्मी रामशरण शर्मा घिमिरे जस्ता व्यक्तित्वको नेतृत्व नै आजको वास्तविक आवश्यकता र यथार्थता हो । यस्ता उपयुक्त पात्रलाई जिम्मेवारी सुम्पिनु नै समग्र सहकारी अभियान र यसमा आबद्ध आम नागरिकको हितका लागि सर्वोत्तम कदम हुनेछ।



Leave a comment