हाइलाइट

बचत अभियानको दिशा निर्देशकालागि प्रदेशस्तरिय साकोस गोष्ठी

बचत अभियानको दिशा निर्देशकालागि प्रदेशस्तरिय साकोस गोष्ठी :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा प्रदेशस्तरिय सकोस गोष्ठीको आयोजना गरेको छ । संघले यही बैशाख २५, २८ र ३१ गते तीनदिन प्रदेशस्तरिय साकोस गोष्ठीको आयोजना गरेको हो ।

बित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी गर्न लागिएको संघले जनाएको छ । संघले बैशाख २५ गते कोशी प्रदेश साकोस गोष्ठी पचरुखी इटहरीको लायन्स क्लवको सभाहलमा गर्ने जनाएको छ। गोष्ठीमा ‘साकोस अभियानको प्रवद्र्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिइओ डा.शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहनेछ भने ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य सचिव रविन ढकालको कार्यपत्र रहेको छ ।

त्यसैगरी बैशाख २८ गते बर्दिबास महोत्तरी र ३१ गते नेपालगञ्जमा हुने साकोस गोष्ठीमा पनि साकोस अभियानको प्रवर्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल विषयक कार्यपत्र प्रस्तुत हनेछन् ।

गोष्ठीले सहकारीको पहिचान प्रवर्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने लक्ष्य लिएको जनाइएको छ । साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा समस्या समाधानको रूपमा गोष्ठीले बाटो पहिल्याउने संघको अपेक्षा रहेको छ ।

गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा संचालक र सरोकारवाला व्यक्तिहरुको सहभागिता रहनेछ । हरेक वर्ष केन्द्रीयस्तरमा राष्ट्रिय गोष्ठी आयोजना गर्दैआएको संघले यो वर्ष प्रदेशस्तरीय गोष्ठी आयोजना गरेको र प्रत्येक गोष्ठीमा दुई सय जनाको मात्र सहभागिता गराउने लक्ष्य लिएको छ । 



Leave a comment