हाइलाइट

नेचुरल साकोसको स्थापना दिवसको अवसरमा बृहत रक्तदान

नेचुरल साकोसको स्थापना दिवसको अवसरमा बृहत रक्तदान :: Sahakari Akhabar

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । संस्था १८ औं वर्ष प्रवेशको अवसरमा बैशाख २४ गते रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाको मुख्य कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुने रक्तदान कार्यक्रममा सदस्य तथा इच्छुकहरुलाई सकृय सहभागि भइ रक्तदान गर्न संस्थाले अनुरोध गरेको छ ।

संस्थाको वित्तिय संरचनालाई थप मजबुत बनाउँदै सदस्यलाई प्रविधिमैत्रि, सरल, सहज र गुणस्तरिय सेवामा जोड्दै संस्था १८ वर्ष प्रवेश गरेको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका सचिव विकल्प पाठकले बताए ।

संस्थाले नियमितरुपमा सामाजिक कार्य गर्दैआएको र रक्तदान कार्यक्रम पनि सहकारीको सामाजिक उत्तरदायित्व भित्र पर्ने सचिव पाठकको भनाई छ । संस्थाले अहिलेसम्म ११ लाख ११ हजार ४९१ रुपैंयाँ संस्थाको सामाजिक कार्यकालागि खर्च गरिएको जानकारी दिएका छन् ।

संस्थाले सदस्यलाई स्वास्य उपचार सुविधा, सुरक्षित मातृत्व सेवा, मृत्यु संस्कार राहत, जन्म संस्कार राहतजस्ता कार्यक्रम नियमित रुपमा गरिरहेको जनाए । संस्थाले ४५५ जनालाई उक्त राहत तथा सेवा सुविधा प्रदान गरेको सचिव पाठकले बताए ।

संस्थामा १४ हजार ७५ जना शेयर सदस्य तथा १ हजार २९९ जना ऋणी सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी १६ करोड ४१ लाख ३५ हजार तथा जगेडा कोषमा १२ करोड २९ लाख ४७ हजार र अन्य कोषमा १३ करोड ६१ लाख १३ हजार रुपैंयाँ रहेको जनाइएको छ।

त्यसैगरी संस्थामा १ अर्ब ९४ करोड ७ लाख २७ हजार बचत र १ अर्ब ९४ करोढ १० लाख ३७ हजार लगानीमा रहेको ऋण रहेको छ । संस्थामा २ अर्ब ८५ करोड ८७ लाख ४३ हजारको कूल सम्पत्ति तथा १२ करोड ३८ लाख २३ हजार सस्थागत पूँजी रहेको जनाइएको छ । संस्थाका साँखु, नयाँ बजार, काँडाघारी र कालिमाटीमा सेवाकेन्द्र रहेकाछन् ।



Leave a comment