हाइलाइट

उदयदेव सहकारीको जगेडाकोषमा २० करोड

उदयदेव सहकारीको जगेडाकोषमा २० करोड :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा मुख्य कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको जगेडा कोषमा २० करोड बढी पुगेको छ । संस्थाको पछिल्लो विवरण अनुसार संस्थामा २० करोड ७ लाख ८३ हजार ८३७ रुपैंयाँ पुगेको हो ।

त्यसैगरी संस्थाको अन्य कोषमा १ करोड ७० लाख २९ हजार ४९९ रुपैयाँ रहेको छ । संस्थाले प्रकाशन गरेको फागुन मसान्तसम्माको विवरण अनुसार शेयरपूँजी २१ करोड ९१ लाख ३६ हजार ९ सय रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा १ अर्ब ९१ करोड ९ लाख ३५ हजार ६१३ रुपैंयाँ बचत र १ अर्ब ६३ करोड ६४ लाख ७२ हजार ६३८ रुपैंयाँ ऋण लगानीमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जानकारी दिएका छन् ।

२१ करोड ६ लाख ७२ हजार २८९ रुपैंयाँ संस्थागत पूँजी रहेको संस्थाको २ अर्ब ५९ करोड ८४ लाख ५३ हजार ५९८ रुपैंयाँ कूल सम्पति रहेको छ । २६ हजार १ सय जना सदस्य रहेको संस्थामा ८ हजार ४५७ जना ऋणी सदस्य रहेका छन् । संस्थामा ४६.६१ प्रतिशत तरलता रहेको जनाइएको छ ।



Leave a comment