हाइलाइट

यो वर्ष तीनवटा साकोसले मात्र पाए प्रोवेसन ब्राण्ड

यो वर्ष तीनवटा साकोसले मात्र पाए प्रोवेसन ब्राण्ड :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) ले प्रदान गर्ने पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) ब्राण्ड यो वर्ष तीन वटा संस्थाले मात्र प्राप्त गरेका छन् । यो वर्ष तीनवटा बचत तथा ऋण सहकारी संस्थाले मात्र साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रोवेसन ब्राण्ड प्राप्त गरेका हुन् ।

सल्यानको ग्रामीण साकोस, ललितपुरको ठेचो महिला जागरण र चितवनको लोककल्याणकारी साकोसले प्रोवेशन ब्राण्ड प्राप्त गरेको जनाइएको छ । नेफ्स्कूनले प्रदान गर्ने उक्त ब्राण्डको प्रतीक (प्ल्याक) प्रदान गरिएको हो ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले तीनवटै साकोसका प्रतिनिधिहरुलाई ब्राण्डको प्रतीक प्रदान गरेका थिए । उक्त ब्राण्ड एक वर्षकालागि मात्र रहने जनाइएको छ । ग्रामीण साकोसले यसअघि ७ पटक तथा ठेचो महिला साकोस र लोककल्याणकारी साकोसले २÷२ पटक उक्त ब्राण्ड पाइसकेका छन् । पछिल्लो विवरणअनुसार, २४ सय बढी सदस्य रहेको सल्यानको ग्रामीण साकोसमा हाल ३० करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी करिब ११ प्रतिशत छ ।

त्यसैगरी, ठेचो महिला जागरणमा ३ हजार बढी सदस्य छन्, १६ करोड बढीको कुल सम्पत्ति छ भने संस्थागत पुँजी सात प्रतिशत बढी छ भने साढे ७ प्रतिशत बढी संस्थागत पुँजी रहेको लोककल्याणकारी साकोसमा १८५० सदस्य छन् भने ३७ करोड बढी कुल सम्पत्ति छ । नेफ्स्कूनले २०६९ सालबाट प्रोवेशन कार्यक्रम सुरु गरेको हो । नेफ्स्कूनले उद्योग विभागबाट प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।



Leave a comment