हाइलाइट

सहकारी मार्फत ‘नवजीवन’ ब्राण्डको चामल बजारमा आँउदै

सहकारी मार्फत ‘नवजीवन’ ब्राण्डको चामल बजारमा आँउदै :: Sahakari Akhabar

काठमाडौं । कैलालीको नवजीवन सहकारी संस्थाले एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने भएको छ । संस्थाले कैलालीको गोदावरी नगरपालिका ८, मजगाँउमा अत्याधुनिक राईस मिल स्थापना गरेको हो । उक्त मिलको आईतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका छन् । संस्थाले ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर मिलको उद्घाटन गरेको हो ।

संस्थाले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष देवबहादुर बमले जानकारी दिए । एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने तयारी रहेको उनले बताए । प्रति घण्टा २० क्विटल चाम उत्पादन गर्ने क्षमता मिलको रहेको छ ।

संस्थाले १० हजार क्विटल ९५ करोड रुपैयाँको धान समेत गरिद गरिसकेको छ । त्यस्तै थप १० हजार क्विटल धान सदस्यहरुसँग खरिद गरीसकेको समेत अध्यक्ष बमले जानकारी दिए । त्यस्तै गहुँको पिठो, मुसुरोको दाल र तोरिको तेल समेत उत्पादन गर्ने तयारीमा संस्था रहेको उनको भनाई छ । ‘नवजीवन’ ब्राण्डको चामल बजार मूल्यभन्दा तीनदेखि ६ रुपैयाँ प्रतिकेजी सस्तो पर्ने उनको दाबी छ ।



Leave a comment