हाइलाइट

नवीकरणीय ऊर्जा उपयोग गर्ने सदस्यलाई सहकारीको सहुलियत कर्जा

नवीकरणीय ऊर्जा उपयोग गर्ने सदस्यलाई सहकारीको सहुलियत कर्जा :: Sahakari Akhabar

काठमाडौं । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्नथालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो ।

ईरिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । उनका अनुसार हालसम्म १५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी १ लाख रुपैयाँसम्म नवीकरणीय ऊर्जामा कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख भट्टले बताए । ‘गत वर्षदेखि नवीकरणीय ऊर्जा कार्यक्रमलाई निरन्तरता दिएका छौँ, वातावरण प्रदूषण न्यूनीकरणमा यस कार्यले सहयोग र्पुयाउँछ, वन माथिको निर्भरतामा कमी आउँछ,’ उनले भने । सहकारीबाट ईरिक्सा खरिदका लागि सहुलियत दरको ऋण लिनेको संख्या बढी रहेको उनले जानकारी दिए ।

नवीकरणीय ऊर्जासपछि सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिने बढी रहेका प्रमुख भट्टले बताए। नवीकरणीय ऊर्जाको उपयोगले र्पुयाउने लाभबारे सहकारीका सदस्यहरूलाई छलफल तथा विविध कार्यक्रमका माध्यमबाट जानकारी दिने कार्य सहकारी गरिरहेको उनको भनाइ छ । यो सँगै विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ ।

‘कृषकहरूको उत्पादन क्षमता वृद्धि गरी बजारीकरणमा सहयोग पु¥याउने कार्य गरिरहेका छौँ, किसानको घरदैलोमा आवश्यक वित्तीय सहयोग तथा प्राविधिक सहयोग उपलब्ध, आवश्यक प्रविधि र खेती प्रणालीबारे तालिम दिने कार्य गरिरहेको संस्थाले सदस्यहरूको माग र आवश्यकताका आधारमा सहकारीले सीपमूलक, उद्यमशीलतामूलक तालिम प्रदान गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।



Leave a comment