हाइलाइट

कोशीका सहकारीकालागि मिरा इआरपी सहित १७ वटा सफ्टवेयर सूचिकृत

कोशीका सहकारीकालागि मिरा इआरपी सहित १७ वटा सफ्टवेयर सूचिकृत :: Sahakari Akhabar

काठमाडौं । कोशी प्रदेशका सहकारी संघसंस्थाहरुको लागि १७ वटा सफ्टवेयर कम्पनि सूचिकृत भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले २४ गते सहकारीले प्रयोग गर्ने सफ्टवयेरको सूची प्रकाशन गरेको हो । कार्यालयले हाल वटा कम्पनि बाहेक सहकारीले अन्य कम्पनिले दिएको सफ्टवेयर सेवा लिन नपाइने जनाएको छ ।

कार्यालयले नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाले प्रयोग गर्ने सफ्टवेयरहरुको प्रभावकारी नियमन र व्यवस्थापन गर्न यसो गरेको जनाएको छ । प्रदेश सहकारी नियमावलीको नियम २०(३) बमोजिम सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि, २०८१ बमोजिम सफ्टवेयर कम्पनि सूचीकरणको आवेदन माग गरेको थियो ।

कार्यालयको सूचना बमोजिम आवेदन दिएका फर्म र कम्पनीको मूल्याङ्कन गरी उक्त कार्यविधिको परिच्छेद (३ सफ्टवेयर प्रदायक संस्थाको काम, कर्तव्य र अधिकार सम्बन्धी दफा ४ मा तोकिए बमोजिम तथा कार्यविधिको मापदण्ड र तोकिएको शर्तहरु पूरा गर्ने गरी कार्यविधिको परिच्छेद २ को दफा ३ (१) बमोजिम १७ वटा कम्पनि छनोट गरिएको जनाएको छ ।

सूचनामा सूचीकृत सफ्टवेयर प्रदायक संस्थालाई उक्त कार्यविधिको दफा ३ (३) बमोजिम स्वीकृति पत्र उपलब्ध गराउने रजिष्ट्रार हरिबहादुर खत्रीले जनाए । उनले सहकारीमा विकृति आउनुमा सफ्टवेयरको पनि हात रहेकोले यसलाई ब्यवस्थित गर्न लागेको बताए ।

कार्यालयले लिष्टिङ गरेका सफ्टवेयरहरुको पनि नियमनकालगि अर्को सफ्टवेयरको ब्यवस्था गरेको उनले जानकारी दिए । उनले सहकारीको शुद्धिकरणकालागि यो कामको थालनी गरिएको बताए । कार्यालयले सूचिकृत गरेको सफ्टवेयर प्रयोग गरेका सहकारीको दैनिक कारोबारको विवरण सफ्टवेयर मार्फत नै मनिटरिङ हुने बताए ।

अव सहकारीमा बदमासि कम होला भन्ने अपेक्षा गरिएको छ, उनले, अन्य सफ्टवेयरले पनि कोशी प्रदेशका सहकारीलाई सेवा दिन चाहेमा पहिला सूचिकृत हुनुपर्ने जनाए । प्रदेशमा ५ हजार सहकारी रहेपनि १ हजार ८० सहकारी प्रदेश मातमातमा रहेको उनले जनाए ।

कोशी प्रदेशले गरेको प्रयास राम्रो भएको नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत मनोज तिवारी बताउँछन् । नियोसिस टेक्नोलोजीले सहकारीका लागि मिरा इआरपी बजारमा ल्याएको छ । मिरा अहिले ६२ जिल्ला तथा १७ वटा केन्द्र, प्रदेश र  जिल्लास्तरिय संघहरुले प्रयोग गरिरहेका छन् ।

सूचिकृत भएका फरक क्षमताका सफ्टवेयर भएपनि एक अर्का बिच प्रतिष्पर्धा नहुने तिवारीको भनाइ छ । सहकारीले आफूलाई आवश्यक पर्ने सफ्टवेयरबाट सेवा लिन सजिलो भएपनि डेक्सटप सफ्टवेयर चलाइरहेकाहरुले पनि क्लाउड वेस सेवा पाउने उनको भनाइ छ । प्रदेश कार्यालयले सफ्टवेयरको मनिटरिङ गर्ने भनेको छ, तर यो कतिको दिगोरुपमा अघि वढ्छ भन्ने चाही छ, हेर्न बाँकी रहेको उनले भने ।

सूचिकृत सफ्टवेयर

१, नियोसिस टेक्नोलोजी
२, प्रथम आईटी सिष्टम
३, अक्सपान माईक्रोसिस
४, म्यान कन्सल्टीङ्ग ग्रुप
५, इजी सफ्टवेयर
६, जुनेली इन्क
७, माईक्रो ब्याङ्कर नेपाल
८, प्रिमियम टेक्नोलोजिज
९, वेबलिङ्क सफ्टवेयर डेभलभमेन्ट एण्ड रिसर्च
१०, इन्फो डेभलपर्स
११, पायोनियर एसोसिएट
१२, सिनर्जी टेक सफ्टवेयर
१३, पूर्वे सफ्टवेयर
१४, लुनार आईटी सोलुसन
१५, गौतम सफ्टवेयर डेभलपर
१६, जिनोव इन्क
१७, फिन्याक्ट सफ्टवेयर



Leave a comment