काठमाडौं । सहकारीकालागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीले मोबाइल बैंकिङमा नयाँ फिचर थप गरेको छ । पछिल्लो समय सेवा विस्तारमा तिब्रता दिएको कम्पनिले नयाँ फिचरमा सहकारीबाट बैंकमा रकम ट्रान्सफर सेवा थप गरेको हो ।
त्यसका साथै कम्पनिले यो सेवा छिट्टै बैंकबाट सहकारी तथा सहकारीबाट सहकारीमा रकम ट्रान्सफर गर्ने सुविधा थप्ने तयारी गरिरहेको जनाएको छ । त्यसैगरी कम्पनिले रेमिटेन्स सेवा, इटेलर, क्यूआर सेवाको समेत तयारी गरिहेको छ।
विगत एक वर्षदेखि सेवा दिइरहेको कम्पनिले उक्त सेवा थप गरेको छ । यससेवाले सहकारीका सदस्यले आफ्नो संस्था संग गरेको बचत तथा ऋणको कारोबारको जानकारी लिनसक्ने भएका छन् ।
सहकारीहरुलाई डिजिटल सेवा विस्तार गर्ने क्रममा मिरा ६२ जिल्ला पुगेको छ भने १७ वटा जिल्ला बचत संघहरुले समेत प्रयोग गरिरहेका छन् । नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी तिब्ररुपमा बजार विस्तारमा लागेको हो ।
मिरा इआरपिको सेवा नेफ्स्कून र लुम्बिनी प्रदेश बचत संघ सहित बागमती, कोशी, मधेस, गण्डकी, लुम्विनी र सुदुरपश्चिम प्रदेशका १७ वटा जिल्ला बचत संघहरुले प्रयोग गरिरहेको जनाइएको छ।
बागमती प्रदेशका ५ वटा, कोशीका २ वटा, मधेसको १ वटा गण्डकीका २ वटा लुम्बिनीका ३ र सुदुरपश्चिम प्रदेशका २ संघका साथै नेफ्स्कून र लुम्बिनी प्रदेश संघले मिरा इआरपिको सेवा प्रयोग गरिरहेका छन् ।
झापा, मोरङ, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, लमजुङ, स्याङ्जा, प्यूठान, कञ्चनपुर, रुपन्देही, बाँके, दोलखा, चितवन, डडेलधेरा र बारा जिल्ला बचत संघमा मिरा इआरपी सफ्टवेयर प्रयोगमा छ भने अन्य जिल्ला संघहरुसंग पनि समन्वय भइरहेको नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीले जानकारी दिए ।
सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयर न्यून शूल्कमा पूर्ण सेवा उपलब्ध भएकोले बजार विस्तार गर्न सफल भएको उनको भनाइ छ।
निःशूल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इबैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको कम्पनिको दावी छ ।
आइएसओ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले बताएको छ । हाल ४ सय सहकारी संघ संस्थाहरुमा मिरा इआरपि प्रयोग भइरहेको जनाइएको छ । सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको विकास गरेर बजारमा विक्री वितरण भएको एकवर्षमा उल्लेख्य प्रगति गरेको कम्पनीको दावी छ ।
Leave a comment