हाइलाइट

नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्धघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने

नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्धघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने :: Sahakari Akhabar

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेभएका छन् । नयाँ दिल्लीमा नोभेम्बर २५ देखि ३० सम्महुने उक्त सम्मेलनको उद्धघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेभएका हुन् । आगामी सोमबार मंसिर १० (नोभेम्बर २५) मा प्रधानमन्त्री मोदीले कार्यक्रम उद्धघाटन गर्ने निश्चित भएको हो ।

नयाँ दिल्लीको भारत मण्डपमा हुने सम्मेलनको उद्धघाटन संगै प्रमुख अतिथि मोदीले संयुक्त राष्ट्रको तर्फबाट संयुक्त संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणा गर्नेछन् । विश्व सहकारी अभियानको ध्यान केन्द्रीत हुने उक्त सम्मेलनको प्रमुख अतिथि प्रधानमन्त्री मोदी हुने पक्का भएपछि यसले अझ कार्यक्रमको गरिमा र महत्व बढ्ने भारतीय सञ्चार माध्यमहरुले विश्लेषकहरुलाई उद्धृत गर्दै जनाएका छन्।

सम्मेलनमा करिब १ सय राष्ट्रका १ हजार बढी सहकारीकर्मीहरुको सहभागिता रहने बताइएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको १ सय ३० वर्षे इतिहासमा पहिलो पटक दक्षिण एशियाली मुलुक भारतमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन आयोजना हुन गैरहेको छ ।

विश्वका ३ सय ठूला सहकारीहरुको सूचीमा भारतको इन्डियन फारमर्स फर्टिलाइजर कोपरेटिभ लिमिटेड (इफ्को), अमूल, लगायतका सहकारीहरु अग्रस्थानमा रहेका छन । Cooperatives Build Prosperity for All भन्ने थिममा सञ्चालन हुनेछ ।

सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, वातावरण चिन्तक, लेखक तथा अभियन्ता बन्दना शिवा, भारतीय सहकारी मन्त्रालयका सचिव आशिष कुमार भुटानी, आईसीए अध्यक्ष एरियल ग्वार्को, आयोजक इफ्कोका प्रबन्ध निर्देशक उदय शंकर अवस्थी लगायत वक्ता रहनुभएको छ । इफ्को सम्मेलनको प्रमुख आयोजक रहेको छ।



Leave a comment