हाइलाइट

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत :: Sahakari Akhabar

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश कलेजमा आयोजित २०औँ अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया–प्रशान्त अनुसन्धान सम्मेलन २०२६ मा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शोधपत्र प्रस्तुत भएको छ ।

संस्थाको युवा तथा स्टार्टअप उपसमिति सदस्य रिजु मानन्धरले “नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको दिगोपनामा सुशासनको भूमिका” विषयक शोधपत्र अनलाइनमार्फत प्रस्तुत गरेकी थिइन ।

गत वर्ष श्रीलंकामा आयोजित १९औँ सम्मेलनका लागि स्वीकृत भएको उक्त शोधपत्र त्यसबेला उपस्थित हुन नसकेका कारण प्रस्तुत हुन सकेको थिएन । विषयवस्तुको महत्त्व र सान्दर्भिकतालाई ध्यानमा राख्दै आयोजकले यस वर्ष पुनः प्रस्तुतिको अवसर दिएको हो ।

नेपालका छ प्रदेशका ८० सहकारी संस्थामा गरिएको अध्ययनले सदस्य सहभागिता तथा समावेशिता, पारदर्शिता तथा जवाफदेहिता, सहमति तथा नेतृत्व र कार्यदक्षता तथा कार्यसम्पादनको संस्थागत दिगोपनासँग सकारात्मक सम्बन्ध रहेको देखाएको छ ।

अध्ययनले सहकारीको दिगोपनाका लागि नेतृत्वको क्षमता विकास, नियमित ऋण अनुगमन, प्रभावकारी जोखिम व्यवस्थापन र सदस्यप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

प्रस्तुतिमार्फत नेपालको सहकारी क्षेत्रका अनुभव, सुशासनका चुनौती र सुधारका सम्भावनालाई अन्तर्राष्ट्रिय अनुसन्धान मञ्चमा साझा गरिएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000