काठमाडौं । नेपालमा विस्तारैै इतिहाँस बन्न लागेको बचत ऋण सहकारी अभियान अन्तराष्ट्रिय फोरममा भने सन् २०२६ को चौथोमाससम्म आइपुग्दा केही उपलब्धि हाँसिल गरेको छ । नेपालमा विरासरको लडाइ लडिरहेको बचत ऋण अभियानले अन्तराष्ट्रियस्तरमा भने उपलब्धी पाएको हो ।
एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरिरहँदा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल दोश्रो उपाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी मलेसियाको क्वालालम्पुरमा आयोजित आकू फोरम २०२६ मा नेपालका दुई साकोसहरु जन उत्थान साकोस तथा मध्य नेपाल साकोसले एशियास्तरको एक्सेस ब्राण्ड प्राप्त गरेका छन् । विश्व ऋण परिषद् (ओकू) बाट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गरेको छ ।
त्यसैगरी रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) हरुका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक)ले ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।
नेफ्स्कूनका अध्यक्ष ढकाल अकूको द्धितिय उपाक्षमा चयन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एशियाली ऋण महासंघ (अकू) को द्धितिय उपाक्षमा चयन भएका छन् । अकूको ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न महासंघको वार्षिक साधारण सभाबाट द्धितिय उपाक्षमा ढकाल चयन भएका हुन् । महासंघको अध्यक्षमा कोरियाबाट त्यसैगरी प्रथम उपाध्यक्षमा थाइलेण्डबाट चयन भएका छन् । त्यसैगरी सचिवमा फिलिपिन्स र कोषाध्यक्षमा ताइवान तथा वैकल्पिक सदस्यहरुमा इण्डोनेसिया र श्रीलंकाबाट चयन भएका छन् ।
ढकाल नेपालको तथा बचत तथा ऋण सहकारी अभियानको प्रतिनिधित्व गर्दै अकूको सञ्चालक समितिमा निर्वाचित हुनुभएका ढकाललाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । निर्वाचनसँगै नेपालको सहकारी अभियानले एशियाली स्तरको बचत तथा ऋण सहकारी अभियानमा महत्वपूर्ण प्रतिनिधित्व प्राप्त गरेको हो ।
बाढी प्रभावित सहकारीकालागि नाकूफोकद्धारा ५० हजार डलर सहयोग
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बचत तथा ऋण सहकारीहरुका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक)ले ५० हजार अमेरिकी डलर सहयोग गरेको छ । मलेशियाको क्वालालम्पुरमा भएको एशियन क्रेडिट युनियन फोरम २०२६ का अवसरमा उक्त रकम सहयोग गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
यसैगरी, अन्य केही अन्तर्राष्ट्रिय सहकारी निकायबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको ढकालले जनाए । कसैले १, कसैले २ हजार डलर सहयोग गर्नुभएको छ, हामीले त्यो सबै रेकर्ड राखेका छौं, ढकालले भने, यो सहकारी अभियानप्रतिको ऐक्यबद्धता हो । बाढी प्रभावित क्षेत्रका बचत तथा ऋण सहकारीहरुको सहयोगका लागि नाकूफोकले उक्त सहयोग गरेको उनले जनाए ।
दुई साकोसले लिए ब्राण्ड


‘एवन कम्पेटिटिभ च्वाइस फर एक्सिलेन्स इन् सर्भिस एण्ड साउन्डनेस’ (एक्सेस) यो वर्ष नेपालबाट दुईवटा संस्थाले प्राप्त गरेका छन् । मलेसियाको क्वालालम्पुरमा आयोजित आकू फोरम २०२६ मा नेपालका दुई साकोसले एशियास्तरको ब्राण्ड प्राप्त गरेका हुन् ।
रुपन्देहीको जन उत्थान र नवलपुरको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले उक्त ब्राण्ड पाएका छन् । एसियाली ऋण महासंघ (अकू)को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको कार्यक्रम हो एक्सेस ।
नवलपुरको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रको संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, सदस्य सेवा, जोखिम व्यवस्थापन तथा व्यावसायिक उत्कृष्टतासँग सम्बन्धित एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेको हो । त्यसैगरी रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड–२०२६’ प्राप्त गरेको हो । ब्राण्ड सेप्टेम्बर २०२६ देखि अगस्ट २०२७ सम्मका लागि अर्थात एकवर्षका लागि हुन्छ ।
Leave a comment