काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड पाएको छ । संस्थाले सन २०२६ कालागि विश्व ऋण परिषदले प्रदान गर्ने प्रविधि प्रयोगको विषयमा अवार्ड प्राप्त गरेको हो । कार्यक्रमममा ओकूका अध्यक्ष माइकल लरेन्स, प्रमुख कार्यकारी अधिकृत पल ट्रेनिनले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरेका थिए ।
परिषदले जुलाई २१ मा अष्ट्रेलियाको सिड्नीमा भएको विश्व बचत ऋण सम्मेलनबाट उक्त अवार्ड प्रदान गरेको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको उपस्थिति रहेको छ । नेपालको साकोस अभियानले ओकूमार्फत प्राप्त गरेको यो नै पहिलो र ठूलो यो सम्मान भएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.सापकोटाले जनाएका छन् ।
Leave a comment