हाइलाइट

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सस्तोमा सहज सेवा

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सस्तोमा सहज सेवा :: Sahakari Akhabar

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत बिक्री बितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रमा लोकप्रिय बनेको छ । औपचारिक रुपमा संचालनमा आएको सफ्टवेयर, डेढ वर्षमै प्रयोगकर्ता संघसंस्थाको संख्या ३०० नाघीसकेको छ । प्रदेशका विभिन्न जिल्लामा मीरा सफ्टवेयर प्रयोग गरिरहेका सहकारी संचालक तथा व्यवस्थापकहरुले व्यक्त गरेको अनुभवको सम्पादित अंश :

मिराको सेवाप्रति पूर्णरुपमा सन्तुष्ट छौं

ऋतिका ढकाल
सहायक ब्यवस्थापक, जिल्ला बचत संघ, झापा

हामीले पहिला अर्कै सफ्टवेयर प्रयोग गरेका थियौंं, अहिले मिरा प्रयोग गर्दा धेरै सहज भएको छ । कुनै अप्ठ्यारो पर्दा पनि सहजीकरण गरिदिनुभएको छ । संघका सदस्यहरुले पनि मिरा सफ्टवेयर कस्तो छ ? भनेर सोधिरहेको पाउँछु, त्यस्तो अवस्थामा हामीले पनि मिरालाई नै रिफर गर्नेगरेका छौं ।

जिल्ला संघमा आवद्ध मध्ये धेरैले मिरा नै प्रयोग गरेका छन् । पहिलाको सफ्टवेयर भन्दा मिरा चलााउन धेरै सहज भएको छ, अहिले धेरै कुराहरु अपडेट पनि भएको रहेछ । रिपोर्टहरु पनि सहजै पाउन सकिन्छ, आफूले सहकारीकालागि खोजेको धेरै कुरा यो सफ्टवेयरमा पााएका छौं ।

सिष्टम फाष्ट छ । संघले पनि संचालन गरेको भर्खरै हो तरपनि धेरै कुरा त हेर्न नै बाँकी छ । केही समस्या आइहाल्यो अथवा नजानेको कुरा सोध्नुपर्यो भने तुरुन्त रेस्पोन्स पाइएको छ । संघमा १८४ संस्था आवद्ध भएका छन् । हामी पूर्णरुपमा सन्तुष्ट छौं।

सिष्टमेटिक बनाएको रहेछ

शोभाकला गुरागाइ
ब्यवस्थापक, त्रिवेणी साकोस, पोखरिया बिराटनगर मोरङ

मिरा सफ्टवेयर अलि बिस्तृतमा रहेछ । पहिला अरु नै प्रयोग गरेका थियौं । पहिलाको भन्दा मिरा धेरै सजिलो र पूर्ण रहेछ । अनि सहकारी मैत्री पनि । सानातिना डिफल्टहरु त छन्, करेक्सन हुदैछ होला सायद । संस्थाले गर्ने सानोतिनो मिस्टेकलाई करेक्सन गर्न पनि धेरै सिष्टमेटिक बनाएको रहेछ ।

हामीले रिप्लेस गरेको पनि भर्खरै मात्र हो, जेठमा त मिरा जडान गरेको हो । यसमा ब्याकपको झन्झट पनि छैन । पहिलाकोमा चाँही ब्याजहरुपनि मिलाएर राख्न पाइने थियो यसमा चाही त्यस्तो छैन सिष्टमा जे छ, त्यही मात्र हुनेरहेछ । आफ्नो मनलाग्दी गर्न पाइदैन । अहिले एउटा यूजर लिएका छौं ।

सफ्टवेयरमा केही समस्या आयो र फोन गर्यो भने तुरुन्त उठाउनुहुन्छ, यदी फोन उठेन भने कलब्याक आँउछ । नजानेका कुराहरु सोध्छौं, तुरुन्त सिकाइदिनुहुन्छ । संस्थामा अहिले असारमसान्त सम्ममा ४८७ जना सदस्य छन् । साढे तीन करोडको कारोबार छ । अरुले प्रयोग गरेको देखेपछि, मलाई पनि ठिकलाग्यो र यही जोड्न पहल गरे । कुनै झमेला भएको छैन् । लाग्ने शूल्क पनि सहकारी मैत्री लग्यो ।

समग्रमा राम्रो छ

भोलाप्रसाद पौडेल
प्रवन्धक, स्पष्ट साकोस, चावहिल काठमाडौं

समग्रमा धेरै राम्रो लागेको छ । तर यसमा थप अपडेट गरेर जानुपर्ने पनि देखेको छु । जस्तै लोनका कुरा, कोपोमिस, गोएमएललगायत केही, सहकारीकालागि महत्वपूर्ण विषय हुन् त्यसका लागि समयसपेक्ष अपडेट गर्दै लानु भो भने मिरा सफ्टवेयर सहकारी मैत्री छ ।

अपडेट चैं आवश्यक छ । पहिलाको भन्दा धेरै राम्रो लागेको छ । सर्वसुलभ पनि लाग्यो । धेरै फिचरहरु रहेकोले, आवश्यकता अनुसार थप्न पाइने भएकोले पनि सजिलो भएको छ । अहिले ६ वटा युजर लिएका छौं । संस्थामा १ हजार ४ सय सदस्य तथा १५ करोडको काारोबार छ ।

साना साना इरर छन् करेक्सन गर्नुपर्छ

अम्बिका घिमिरे श्रेष्ठ
ब्यवस्थापक, शिवज्योती महिला साकोस, धादिङ

हामीले मिरा सफ्टवेयर पुषदेखि चलाउन थालेको हो । पहिला अर्को सफ्टवेयर प्रयोग गरिरहेका थियौं । भर्खर मात्र यो सफ्टवेयर चलाउन थालेकोले अलि अप्ठ्यारो भएको छ । पहिलाको जती कम्पिल्ट त भएको रहेनछ की जस्तो पनि लाग्यो, बनाउँदै हुनुहुन्छ होला ।

पहिलाको सफ्टवेयर क्लाउडमा थिएन, अहिलेको मिरा सफ्टवेयर क्लाउडमा भएकोले रिप्लेस गरेका हौं । हामीले अलि चाँडो रिप्लेस गरेछौं की जस्तो पनि भएको छ, पुरै कम्प्लिट भएपछि मिरामा जानुपर्ने रहेछ जस्तो भएको छ । मूल्यमा सहजै लागेको छ ।

सफ्टवेयरमा अझैपनि साना साना इररहरु छन्, त्यसलाई करेक्सन गर्नु जरुरी छ । सफ्टवेयर परिवर्तन गर्दा पहिलाको भन्दा नयाँमा सेवा झनै घट्नुभएन बढ्नु पर्छ भन्ने लाग्छ । ऋण लगानीको सिष्टम धेरै ठिक छ । हामीले ४ वटा यूजर लिएका छौं । १ हजार ९ सय ६४ जना सदस्य र १३ करोडको कारोबार छ ।

केही पक्ष सुधार्नुपर्ने देखिएको छ

बिरेन्द्र श्रेष्ठ
प्रवन्धक, बेथानचोक नारीचेतना साकोस, काभ्रे

हामीले पहिला अर्कै सफ्टवेयर प्रयोग गरेका थियौं । अहिले रिप्लेस गरेका हौं । यो सरल र राम्रो लाग्यो । सानातिना इररहरु छन् सुधार्नुपर्ने देखिएको छ । यो सफ्टेयर समग्रमा हेर्दा राम्रो लाग्यो । युजर बेस भएको हुँदा रकम पनि ठिकै छ । यो फिल्डमा जाँदा पनि चलाउन सक्ने भएको हुनाले राम्रो छ । र सर्पोटिङको पार्टो नयाँ भएर होकी हाललाई धेरै राम्रो छ ।

रिपोर्टिङमा तेति राम्रो भईसकेको जस्तो छैन, जस्तै पल्स रिपोर्ट अन्य रिपोर्टहरु । बिल प्रिन्ट गर्ने सिस्टम छिटो भन्दा छिटो बन्नु पर्यो । सकिन्छ भने फिल्डमा नै संस्थाका ३ ÷ ४ जना कर्मचारी जम्मा गरि तालिमको ब्यवस्था गर्नु पर्छ भन्ने लागेको छ ।

मोबाइल बैंकिङ, एसएमएस जस्ता सेवा पनि दिएका छौं, यो राम्रो र सहज पनि छ । हामीले ४ वटा सेवाकेन्द्रमा सहित ११ युजर लिएका छौं । संस्थामा २ हजार ८६४ जना सदस्य रहेका छन्, असार मसान्त सम्म २३ करोडको कारोबार गरेका छौं ।

हामी खुसी छौं

देवबहादुर श्रेष्ठ
अध्यक्ष, केवलेश्वर साकोस, रामेछाप

हामी नयाँ युजर हौं, पहिलो पटक नै मिरा सफ्टवेयर प्रयोग गरेका छौं । सहकारीमा सफ्टवेयर राख्ने भन्दा धेरै सहकारीले प्रयोग गरेका सफ्टवेयरको बारेमा बुझ्यौं, मूल्यको हिसावमा पनि ठिक लाग्यो अनि यही राख्ने निणर्य गर्यौ ।

भर्खर तीन महिना मात्र भयो सफ्टवेयर प्रयोग गर्नथालेको । पहिला एक्सेलबाट काम गर्ने गरेका थियौं । खातामा हिसाव राखेर गर्नुपर्दा भन्दा अहिले धेरै सजिलो र ढुक्क भएको छ । सफ्टवेयरले गर्दा बचतको अनि ऋणको ब्याज, किस्ताको हिसाव किताव गर्न झनै सजिलो भएको छ ।

अहिले दुईवटा युजर लिएका छौं । ८ सय सदस्य छन् । डेढ करोड कारोबार छ । अहिलेसम्म ठिक लागेको छ, संस्था ठूलो हुँदै जाँदा कारोबार बढ्दै जाँदा सेवा पनि थप्दैजानु पर्ला भन्ने सोचेका छौं । अहिले खुसी छौं ।



Leave a comment